मास्क प्रयोगको बानी बसाउनै मुस्किल


लेखक : सुन्दराञ्चल      भदौ ३०, २०७८ मा प्रकाशित     
मास्क प्रयोगको बानी बसाउनै मुस्किल

धनगढी, ३० भाद्र । कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि देशभर ‘तपाईको मास्क खोइ ?’ अभियान सञ्चालन भइरहेको छ। नेपाल प्रहरीको नेतृत्वमा सञ्चालित उक्त अभियान मास्क नलगाई हिँड्ने नागरिकका लागि हो। उनीहरुलाई अनिवार्यरुपमा  मास्क प्रयोगको बानी पार्न भने प्रहरीलाई मुस्किल भइरहेको छ।

कोरोना रोकथामबारे जनचेतना जगाउन गत साउन २४ गतेदेखि नेपाल मास्क अभियान सुरु गरिएको हो। सो क्रममा कैलालीमा ‘हाम्रा प्रहरीसँग हामी’ कार्यक्रमअन्तर्गत तपाईँको मास्क खोई ? अभियान सञ्चालन भइरहेको छ।  त्रिनगर सीमा नाकाका प्रहरी सहायक निरीक्षक रमेश शाही मास्क प्रयोग नगरी हिँड्ने नागरिकलाई मास्क प्रयोग गराउनै मुस्किल भइरहेको बताउछन्। “नाकमुख छोपिने गरी लगाउनुपर्ने मास्क धेरैले चिउँडोमा लगाउने गर्छन्, धेरैजसोले गोजीमा राखेर हिँड्ने गरेका छन्”, उनले भने, “पटक पटक सम्झाइबुझाई गर्दा पनि बहाना बनाउने गरेका पाइयो, मास्क प्रयोग गराउनै मुस्किल भइरहेको छ।” अभियान प्रभावकारी बनाउन सर्वसाधारणलाई प्रहरीले निःशुल्क मास्क उपलब्ध गराउँदै आएको छ।

मास्क प्रयोग नगर्दा कोरोना सङ्क्रमण फैलिने खतरा कायमै छ। सहरी क्षेत्रमा मास्क प्रयोग गर्नेको सङ्ख्या बढ्दै गएपनि ग्रामीण भेगमा भने अधिकांशले यसको प्रयोग गर्दैनन्। मास्क खोई ? अभियान सुरु गरिएपछि पहिलेको तुलनामा मास्क प्रयोग गर्ने बढेको प्रहरीको भनाइ छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक विष्टका अनुसार विस्तारै मास्क प्रयोग गर्नेको सङ्ख्या बढिरहेको छ। “मास्क लगाउनु पर्छ भन्ने चेतना बढ्दै गएको छ”, उनले भने।

प्रहरीले सार्वजनिक सवारीसाधन, सार्वजनिकस्थल, सीमालगायत क्षेत्रमा अभियानलाई प्राथमिकता दिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्वराज अधिकारी सबैले खोप लगाउन नपाएको अवस्थामा मास्क र स्यानिटाइजर प्रयोग, हात धुने र भौतिक दूरी कायम गर्नु आवश्यक भएको बताउछन्।

श्वास फेर्न गाह्रो हुने भन्दै अधिकांशले मास्क प्रयोग गर्न रुचाउने गरेका छैनन्। धनगढी बजारमा भेटिनुभएका रमेश थापा भन्छन्, “भीडभाड हुने ठाउँमा मात्र मास्क लगाउँछु, अरुबेला खासै लगाउने गरेको छैन।” तपाईको मास्क खोई ? अभियानअन्तर्गत प्रहरीले मङ्गलबारसम्म कैलालीमा २५ हजारभन्दा बढीले निःशुल्क मास्क वितरण गरिसकेको छ। मास्क प्रयोग नगरी हिँड्ने र सम्झाइबुझाई गर्दा पनि अटेरी गर्नेलाई प्रहरीले जरिवाना गर्दैआएको छ। मङ्गलबारसम्म एक हजार चार सयभन्दा बढीलाई रु १०० का दरले जरिवाना तिर्न लगाएको छ। सुदूरपश्चिम प्रदेशमा गत वैशाख–जेठको तुलनामा हाल सङ्क्रमण दर घट्दै गएको छ।  
Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap