माल्दिभ्स बलिउड कलाकारका लागि मात्र होइन, नेपाली चलचित्रका कलाकारका लागि पनि होलिडे मनाउने गज्जबको ठाउँ बनिरहेको छ । माल्दिभ्समा पुगेर विन्दास तरिकाले समुन्द्री तट र हरियालीसँग रमाउन कलाकारहरु चाहन्छन् ।
करिब एक बर्ष अगाडि नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी माल्दिभ्स पुग्दा निक्कै चर्चा भयो ।
यसैविच, चलचित्र ‘बाबरी’को छायांकन सुरु हुन करिब डेढ महिना अगाडि नायिका अदिती वुढाथोकी पनि माल्दिभ्स पुगेकी छिन् । माल्दिभ्स पुगेर उनले विकिनीमा तस्वीर सार्वजनिक गर्दै आफ्नो घुमघामको अपडेट फ्यानहरुलाई गराएकी छिन् ।
अदिती कोरोनाको दोश्रो लहरका कारण रोकिएको चलचित्र ‘बाबरी’को छायांकनका लागि तिहारपछि मुम्बइबाट सिक्किम पुग्नेछिन् ।