मानव बेचबिखन बिरुद्ध कार्य गर्ने जिल्ला प्रहरी कार्यालय कैलाली देशभरीकै उत्कृष्ट


लेखक : सुन्दराञ्चल      भदौ ३०, २०७८ मा प्रकाशित     
मानव बेचबिखन बिरुद्ध कार्य गर्ने जिल्ला प्रहरी कार्यालय कैलाली देशभरीकै उत्कृष्ट

धनगढी, ३० भदौ । जिल्ला प्रहरी कार्यालय कैलाली मानव बेचबिखन बिरुद्ध कार्य गर्ने उत्कृष्ट कार्यालयका रुपमा पुरस्कृत भएको छ ।

देशभरीका ७७ वटा प्रहरी कार्यालय सहित सम्पूर्ण प्रहरी युनिटहरुमध्ये जिल्ला प्रहरी कार्यालय कैलाली मानव बेचबिखन रोकथाम तथा नियन्त्रणका क्षेत्रमा कार्य गर्ने उत्कृष्ट कार्यालयका रुपमा चयन भएको हो ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जिल्ला प्रहरी कार्यालयलाई मानव बेचबिखन रोकथाम र नियन्त्रणका लागि उत्कृष्ट कार्य गरे वाफत आज मन्त्रालयमा सम्मान गर्दैछ ।

सम्मान ग्रहणका लागि जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारी काठमाण्डौंं गएका छन् ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जिल्ला प्रहरी कार्यालय कैलालीलाई मानव बेचबिखनलाई गम्भीरतापूर्वक लिदै त्यस्ता घट्ना नियन्त्रणका लागि प्रयास गर्ने, र त्यस्ता घट्नामा संलग्न व्यक्तिहरुका बिरुद्ध मुद्दा दर्तादेखि पीडितलाई न्याय दिलाउन उत्कृष्ट कार्य गरेको जनाएको छ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap