मानव बेचबिखन बिरुद्ध कार्य गर्ने जिल्ला प्रहरी कार्यालय कैलाली देशभरीकै उत्कृष्ट


लेखक : सुन्दराञ्चल      भदौ ३०, २०७८ मा प्रकाशित     
मानव बेचबिखन बिरुद्ध कार्य गर्ने जिल्ला प्रहरी कार्यालय कैलाली देशभरीकै उत्कृष्ट

धनगढी, ३० भदौ । जिल्ला प्रहरी कार्यालय कैलाली मानव बेचबिखन बिरुद्ध कार्य गर्ने उत्कृष्ट कार्यालयका रुपमा पुरस्कृत भएको छ ।

देशभरीका ७७ वटा प्रहरी कार्यालय सहित सम्पूर्ण प्रहरी युनिटहरुमध्ये जिल्ला प्रहरी कार्यालय कैलाली मानव बेचबिखन रोकथाम तथा नियन्त्रणका क्षेत्रमा कार्य गर्ने उत्कृष्ट कार्यालयका रुपमा चयन भएको हो ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जिल्ला प्रहरी कार्यालयलाई मानव बेचबिखन रोकथाम र नियन्त्रणका लागि उत्कृष्ट कार्य गरे वाफत आज मन्त्रालयमा सम्मान गर्दैछ ।

सम्मान ग्रहणका लागि जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारी काठमाण्डौंं गएका छन् ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जिल्ला प्रहरी कार्यालय कैलालीलाई मानव बेचबिखनलाई गम्भीरतापूर्वक लिदै त्यस्ता घट्ना नियन्त्रणका लागि प्रयास गर्ने, र त्यस्ता घट्नामा संलग्न व्यक्तिहरुका बिरुद्ध मुद्दा दर्तादेखि पीडितलाई न्याय दिलाउन उत्कृष्ट कार्य गरेको जनाएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap