माधव नेपालले भने- ओलीले एमालेको नाम फेरौँ भनेका थिए, मैले रोकेँ


लेखक : सुन्दराञ्चल      भदौ ८, २०७८ मा प्रकाशित     
माधव नेपालले भने- ओलीले एमालेको नाम फेरौँ भनेका थिए, मैले रोकेँ

याँ पार्टी दर्ताको लागि विधान तयार गर्न नेताहरूलाई लिएर चन्द्रागिरि हिल्स रिसोर्टमा पुगेका माधव नेपालले केपी ओलीले एमालेको नाम फेर्न प्रस्ताव गरेको तर आफूले रोकेको बताएका छन् ।

चन्द्रागिरिमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।  सञ्चारकर्मीहरूले सोधेको कम्युनिष्ट पार्टी छाडेर समाजवादी केन्द्र बनाउने र त्यसको अध्यक्ष तपाईं हुने हो ? भन्ने प्रश्नको जवाफ दिने क्रममा नेपालले ओलीले एमालेको आचरण कम्युनिष्टको जस्तो नभएकाले नाम फेर्ने प्रस्ताव गरेको बताएका हुन् ।

‘केपी ओलीले कम्युनिष्ट पार्टी नै छैनन्, एमालेको नाम पनि फेरौँ भनेका थिए मैले मानिनँ,’ नेपालले भने ।  नयाँ पार्टी दर्ता भएपछि कम्युनिष्ट पार्टीहरूबीचमा एकताको प्रयास गर्ने नेपालले बताए । केही दिन अघि जनता समाजवादी पार्टीका संघीय परिषदको अध्यक्ष डा. बाबुराम भट्टराईले कम्युनिष्ट आचरण बाँकी नभएको र अब समाजवादी पार्टीहरू एकीकृत हुनुपर्ने धारणा राखेका थिए । यसैसँग जोडेर गरिएको प्रश्नमा नेपालले आफू भट्टराईको विचारसँग सहमत हुन नसक्ने बताए ।

‘कम्युनिष्ट पार्टी छाडेकाहरूसँग कुनै हालतमा एकीकरण हुन सक्दैन । बाबुराम भट्टराईको विचारसँग मेरो सहमति छैन । वामपन्थी विचारधारा बोकेका पार्टीहरूबीचको एकतालाई प्राथमिकतामा राख्छौँ,’ नेपालले भने ।

‘कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्ने अभियानमा रहन्छौं । केपी ओली समूहको धारणा परिवर्तन भयो भने उनीहरूसँग पनि एकता हुन सक्छ । वामपन्थीहरूसँग चुनावी तालमेल हुन सक्छ,’ नेपालले भने ।

मध्यमार्गी भनिएका दोस्रो पुस्ताका नेताहरूले २०७५ जेठ २ लाई बहाना बनाउँदै केपी गुटमा छिर्ने माध्यम मात्रै बनाएको नेपालको आरोप छ । ‘केही साथीहरूलाई जेठ २ गते बाहना पाउने र छिर्ने मात्रै भएको छ । केपी ओलीको नेतृत्वमा क्रान्तिकारी पार्टी बनाउन सकिँदैन,’ उनले भने ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap