काठमाडौं १३। (नेकपा) एमाले उपाध्यक्ष भीम रावलले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई जवाफ दिएका छन् । उनले सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै जवाफ दिएका हुन् ।
शनिबार एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले दोस्रो पुस्ताका नेताहरुले आफूलाई अघि धकेलेर पछि हटेको बताएका थिए । उक्त भनाइको जवाफमा नेता रावलले अध्यक्ष नेपाललाई कोही कसैले अगाडि धकेल्दा धकेलिने रहेछन् भने, पछाडि फर्काउन खोज्दा पछाडि पनि फर्किनु पर्ने भन्दै टिप्पणी गरेका छन् । उनले नेता नेपालले जिम्मेवारी बोध नगरेको भन्दै द्वन्द्वको स्थितिमा अलगिने मनस्थिति भएपनि सहमति भएपछि एक हुनुपर्ने बताएका छन् ।
नेता रावलले सहमति भई मेलमिलाप गर्नु मुख्य हुने तर्क गरेका छन् । त्यस्तै उनले सत्य बुझ्न धेरै अध्ययनको आवश्यकता नहुने भन्दै जिम्मेवारी पनको भूमिका मुख्य हुने टिप्पणी गरेका छन् ।