माधव नेपालको दलको सनाखत भएकै दिन मन्त्रिपरिषद् विस्तार : प्रचण्ड


लेखक : सुन्दराञ्चल      भदौ ३, २०७८ मा प्रकाशित     
माधव नेपालको दलको सनाखत भएकै दिन मन्त्रिपरिषद् विस्तार : प्रचण्ड

काठमाडौं । नेकपा (माअ‍ोवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधवकुमार नेपालको दलको सनाखत भएकै दिन मन्त्रिपरिषद् विस्तारको तयारी भएको बताएका छन् ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, माधव नेपाल र प्रचण्डबीच भएको छलफलमा यस्तो समझदारी भएको प्रचण्डले खुलासा गरेका हुन् ।

“हिजोबाट नयाँ परिस्थिति बनेको छ । आज बिहान हामी तीनजना प्रधानमन्त्री देउवाजी, माधवजी र म बसेका पनि थियौँ । अब मन्त्रिपरिषद् विस्तार गर्न ढिला गर्ने अवस्था छैन भन्ने बुझाइमा हामी पुगेका छौँ,” उनले भने, “यो नयाँ दर्ता भएको पार्टीको जहिले सानखत हुन्छ, त्यही दिन मन्त्रिपरिषद् विस्तार गर्ने समझदारी हामीबीच भएको छ ।”

केही दिनमै माधव नेपाल नेतृत्वको नयाँ दलको सनाखत प्रक्रिया हुने र लगत्तै सरकार विस्तारले पनि पूर्णता पाउने उनको दाबी छ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap