माधव नेपालको दलको सनाखत भएकै दिन मन्त्रिपरिषद् विस्तार : प्रचण्ड


लेखक : सुन्दराञ्चल      भदौ ३, २०७८ मा प्रकाशित     
माधव नेपालको दलको सनाखत भएकै दिन मन्त्रिपरिषद् विस्तार : प्रचण्ड

काठमाडौं । नेकपा (माअ‍ोवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधवकुमार नेपालको दलको सनाखत भएकै दिन मन्त्रिपरिषद् विस्तारको तयारी भएको बताएका छन् ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, माधव नेपाल र प्रचण्डबीच भएको छलफलमा यस्तो समझदारी भएको प्रचण्डले खुलासा गरेका हुन् ।

“हिजोबाट नयाँ परिस्थिति बनेको छ । आज बिहान हामी तीनजना प्रधानमन्त्री देउवाजी, माधवजी र म बसेका पनि थियौँ । अब मन्त्रिपरिषद् विस्तार गर्न ढिला गर्ने अवस्था छैन भन्ने बुझाइमा हामी पुगेका छौँ,” उनले भने, “यो नयाँ दर्ता भएको पार्टीको जहिले सानखत हुन्छ, त्यही दिन मन्त्रिपरिषद् विस्तार गर्ने समझदारी हामीबीच भएको छ ।”

केही दिनमै माधव नेपाल नेतृत्वको नयाँ दलको सनाखत प्रक्रिया हुने र लगत्तै सरकार विस्तारले पनि पूर्णता पाउने उनको दाबी छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap