धनगढीमा आगामी माग १८ गतेदेखि हुने भनिएको सुदूरपश्चिम महोत्सव स्थगित गरिएको छ ।
आयोजक कैलाली उद्योग वाणिज्य संघले बुधबार एक सुचना जारी कोभिड–१९ को बढ्दो संक्रमणलाई मध्यनजर गर्दै महोत्सव अर्को सुचना जारी नभए सम्मका लागि स्थगित गरिएको जानकारी दिएको हो ।
हरेक वर्ष मंसिर २२ गतेबाट लाग्ने महोत्सव विगत दुई वर्षदेखि कोभिड(१९ का कारण हुन सकेको छैन् ।यता जिल्ला प्रशासन कार्यालय कैलालीले बुधबार राती १२ बजेदेखि अनिश्चितकालका लागि लागु हुने गरि मेला महोत्सव नगर्न आग्रह गदै १२ बुँदे आदेश जारी गरेको छ ।