माओवादीसँग पार्टी एकता गर्ने भनेका माधव नेपालले किन फेरे बोली ?


लेखक : सुन्दराञ्चल      भदौ १३, २०७८ मा प्रकाशित     
माओवादीसँग पार्टी एकता गर्ने भनेका माधव नेपालले किन फेरे बोली ?

काठमाण्डाै १३ भाद्र । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालल अन्य पार्टीसँग तत्काल एकता नगर्ने बताएका छन् । सोमबार पार्टीको संसदीय दलको बैठकमा बोल्दै नेता नेपालले आफूहरुले अहिले नै अन्य पार्टीसँग एकता नगर्ने प्रष्ट पारेका हुन् ।

तर केहिदिन अगाडीको बैठकमा भने उनले छिट्टै नै माओवादीलगायत अन्य दलसँग एकता गर्न इच्छुक रहेको बताएका थिए ।

पार्टीलाई देशकै ठुलो पार्टी बनाउनका लागि नयाँ पार्टीले माओवादी केन्द्रसँग एकता गर्ने बताएका थिए ।

बुधबार निर्वाचन आयोगमा एकीकृत समाजवादीको सनाखत प्रक्रिया चल्ने क्रम रहँदा माधव समूहका नेता मेटमणि चौधरीले यस्तो संकेत गरेका थिए ।

सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता चौधरीले एमालेसँग कुनै पनि हालतमा पार्टी एकता नगर्ने तर देशकै ठुलो पार्टी बनाउनका लागि माओवादीसँग छिट्टै नै एकता गर्ने बताएका थिए ।

आज बसेको संसदीय दलको बैठकले संसदीय दलको नेता चयन गर्ने भएको छ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap