माओवादीसँग पार्टी एकता गर्ने भनेका माधव नेपालले किन फेरे बोली ?


लेखक : सुन्दराञ्चल      भदौ १३, २०७८ मा प्रकाशित     
माओवादीसँग पार्टी एकता गर्ने भनेका माधव नेपालले किन फेरे बोली ?

काठमाण्डाै १३ भाद्र । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालल अन्य पार्टीसँग तत्काल एकता नगर्ने बताएका छन् । सोमबार पार्टीको संसदीय दलको बैठकमा बोल्दै नेता नेपालले आफूहरुले अहिले नै अन्य पार्टीसँग एकता नगर्ने प्रष्ट पारेका हुन् ।

तर केहिदिन अगाडीको बैठकमा भने उनले छिट्टै नै माओवादीलगायत अन्य दलसँग एकता गर्न इच्छुक रहेको बताएका थिए ।

पार्टीलाई देशकै ठुलो पार्टी बनाउनका लागि नयाँ पार्टीले माओवादी केन्द्रसँग एकता गर्ने बताएका थिए ।

बुधबार निर्वाचन आयोगमा एकीकृत समाजवादीको सनाखत प्रक्रिया चल्ने क्रम रहँदा माधव समूहका नेता मेटमणि चौधरीले यस्तो संकेत गरेका थिए ।

सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता चौधरीले एमालेसँग कुनै पनि हालतमा पार्टी एकता नगर्ने तर देशकै ठुलो पार्टी बनाउनका लागि माओवादीसँग छिट्टै नै एकता गर्ने बताएका थिए ।

आज बसेको संसदीय दलको बैठकले संसदीय दलको नेता चयन गर्ने भएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap