माओवादीले पनि छान्न सकेन वाईसीएलको नयाँ नेतृत्व


लेखक : सुन्दराञ्चल      भदौ १५, २०७८ मा प्रकाशित     
माओवादीले पनि छान्न सकेन वाईसीएलको नयाँ नेतृत्व

काठमाण्डाै १५ भाद्र । विवाद बढेपछि सत्ता साझेदार नेकपा माओवादी केन्द्रले समेत भातृ संगठन योङ कम्युनिस्ट लीग (वाईसीएल) नयाँ नेतृत्व चयन गर्न असफल भएको छ। तीन दिनदेखि राजधानीमा जारी वाईसीएलको सम्मेलनमा नयाँ नेतृत्वका लागि तीव्र विवाद भएपछि माओवादीले सोमबार हस्तक्षेप गरेको थियो।  सोमबार पेरिस डाँडामा बसेको माओवादी स्थायी समितिको बैठकले वाईसीएलको नेतृत्व छान्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको थियो। प्रचण्डले स्थायी समिति बैठकमै वाईएसीएलको नयाँ अध्यक्षमा गृहजिल्ला चितवनकै छान्ने तयारी थियो। वाईसीएलले नेतृत्व चयन नगरी केन्द्रीय कमिटी मात्रै घोषणा गर्ने तयारी गरेको छ।   सोमबार बसेको स्थायी समिति बैठकले प्रचण्डलाई नेतृत्व चयन गर्ने जिम्मेवारी प्रचण्डलाई दिएको थियो । नयाँ अध्यक्षका लागि उपाध्यक्ष सुमन देवकोटा, महासचिव सुवोध शेर्पाली र यशोदा न्यौपाने दौडमा थिए।

यस्तोमा अध्यक्ष दाहालकै गृहजिल्ला चितवनमा देवकोटालाई नयाँ अध्यक्ष बनाउने तयारी गरेका थिए। तर प्रचण्डको उक्त तयारीमा पनि वाईसीएलको माथिल्लो पंक्तिले असहमति जनाउँदा अब केन्द्रीय कमिटी मात्रै घोषणा तयारी गरिएको छ।  सोमबारको स्थायी समितिले अध्यक्ष छान्ने जिम्मा प्रचण्डलाई दिएपछि नेतृत्वका आकांक्षीसहितको एउटा टोली मंगलबार बिहान खुमलटार पुगेको थियो।

खुमलटारको छलफलमा हाललाई केन्द्रीय समिति मात्रै घोषणा गर्ने गरी बन्दसत्र अघि बढाउन दाहालले निर्देशन दिएका थिए। दाहालको उक्त निर्देशन अनुसार केन्द्रीय सदस्य मात्रै घोषणा गर्ने गरी रोकिएको बन्द सत्र अघि बढिसकेको वर्तमान अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले बताएका छन्। प्रचण्डको उक्त निर्देशन अनुसार वाईएसीएलको राष्ट्रिय सम्मेलनले २३१ सदस्यीय केन्द्रीय कमिटी घोषणा तयारी गरेको छ। ‘अध्यक्ष प्रचण्डले अहिले पदाधिकारी नबनाउन निर्देशन दिनु भएको छ’, वाईसीएलका एक नेताले भने, ‘त्यसैले अहिलेलाई केन्द्रीय समिति सदस्यको सूची वाचन गरेर १२ गतेदेखि जारी सम्मेलन समापन गर्ने तयारी भएको छ।’

अध्यक्ष र महासचिवसहितका अन्य पदाधिकारी प्रचण्डले फेरि माओवादी स्थायी कमिटीमा छलफल गरेर टुंग्याउने भएका छन्। सम्मेलन सकिएपछि माओवादीले नै हस्तक्षेप गरेर ३५ जना पदाधिकारी छान्ने भएको छ।  दीपशिखाले ४० वर्ष पूरा भएकाले नेतृत्व नयाँ पुस्तालाई छाड्ने निर्णय लिएका थिए। तर नयाँ नेतृत्वका लागि नेताहरुबीच चर्को विवाद र प्रतिस्पर्धा भएको छ। २०७४ सालमा भदौमै भएको राष्ट्रिय भेलाबाट दीपशिखा अध्यक्ष, शेर्पाली महासचिव र देवकोटा उपाध्यक्ष भएका थिए।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app download
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap