काठमाडौं – नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै छ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल हुने जनाइएको छ। यसअघि बैठक बिहान ९ बजे बस्ने भनिएको थियो। प्राविधिक कारणले बैठक तीन घण्टा पछि सरेको माओवादी केन्द्रले जनाएको छ।
यस्तै बैठकमा पार्टीको राष्ट्रिय सम्मेलनको तयारीबारे छलफल हुनेछ। माओवादीले राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ गतेसम्म गर्ने निर्णय गरेको छ। राष्ट्रिय सम्मेलन तोकिएकै मितिमा हुने भए पनि अस्ति बसेको स्थायी कमिटी बैठकले सम्मेलनका केही गतिविधिको कार्यतालिका हेरफेर गर्ने निर्णय गरेको थियो।