माइबेनी जलविद्युत आयोजनाको व्यापारिक उत्पादन शुरु


लेखक : सुन्दराञ्चल      अशोज ८, २०७८ मा प्रकाशित     
माइबेनी जलविद्युत आयोजनाको व्यापारिक उत्पादन शुरु

८ असोज, काठमाडौं । माइबेनी जलविद्युत आयोजनाले असोज १ गतेदेखि व्यापारिक उत्पादन शुरु गरेको छ । उर्जा डेभलपर्सको सम्बद्ध संस्था सामलिङ्ग पावर कम्पनीले इलाममा निर्माण सम्पन्न गरेको आयोजनाको उत्पादन क्षमता ९.५१ मेगावाट रहेको छ ।

माइबेनी जलविद्युत आयोजनाले विद्युत खरीद बिक्री सम्झौता (पीपीए) बमोजिम व्यापारिक उत्पादन शुरु गर्नुपर्ने मितिभन्दा दुई महिना अगावै व्यापारिक उत्पादन शुरु गरेको हो ।

नेपाल विद्युत प्राधिकरणको प्रतिनिधिको रोहबरमा विभिन्न चरणको परीक्षणका कार्यहरु सम्पन्न गर्नुका साथै १५ दिनको परीक्षण उत्पादन समेत सफलतापूर्वक सम्पन्न गरे पश्चात माइबेनीले व्यापारिक उत्पादन आरम्भ गरेको हो । यसका साथै माइबेनीले वार्षिक ५३.२८ गिगावाट घण्टा विद्युतीय उर्जा राष्ट्रिय प्रणालीमा थप योगदान गर्ने भएको छ ।

प्रभावित क्षेत्रका बासिन्दाका लागि भदौ १८ गतेदेखि असोज १ गतेभित्र आवेदन दिन सकिने गरी निष्काशन तथा बिक्रीका लागि खुल्ला गरिएको पाँच लाख कित्ता आईपीओमा लक्ष्यभन्दा ३. ६३ गुणा बढी आवेदन प्राप्त भएको माइबेनी जलविद्युत आयोजनाले जनाएको छ ।

त्यस्तै, आयोजनाको कुल १२ लाख ३० हजार कित्ता साधारण शेयर (आईपीओ) मध्ये थप ७ लाख ३० हजार कित्ता शेयर समेत खुला गर्ने योजना रहेकोमा कर्मचारीका लागि १४ हजार ६ सय, सामूहिक लगानी कोषका लागि ३६ हजार ५ सय र सर्वसाधारणका लागि ६ लाख ७८ हजार ९ सय कित्ता शेयर प्रभावित क्षेत्रमा बासिन्दाका लागि छुट्याइएको आईपीओको बाँडफाँड कार्य सम्पन्न गरे पश्चात निष्काशन तथा बिक्री खुला गरिने आयोजनाको भनाइ छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap