धनगढी १६ भाद्र । कैलालीको महोन्याल गाउँपालिकाकी कार्यवाहक अध्यक्ष पूजा बुढामगर सहित तीन जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेकी छन् ।
प्रदेश निर्वाचन आयोग, धनगढी स्थित कार्यालयमा पुगेर कार्यवाहक अध्यक्ष बुढामगर सहित कार्यपालिका सदस्य विशाल पहराई र वडा सदस्य चन्द्रकला कामीले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन्।
यस अघि मंगलवार मात्रै सुदूरपश्चिम प्रदेश सभाका १० जना सांसदले नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका थिए । निर्वाचन आयोगले एमालेबाट निर्वाचित प्रदेश सभा र स्थानीय जनप्रतिनिधिहरूलाई एमाले वा एकीकृत समाजवादी रोज्न भदौ २२ गतेसम्मको समय दिएको छ ।