महोत्सवको सातौं दिन चक्र बम र रमेश राज भट्टराईको प्रस्तुती


लेखक : सुन्दराञ्चल      मंसिर २८, २०८० मा प्रकाशित     
महोत्सवको सातौं दिन चक्र बम र रमेश राज भट्टराईको प्रस्तुती

धनगढी मंसिर २८  । सुदूरपश्चिम महोत्सवमा आज लोक प्रिय कलाकार चक्र बम र रमेश राज भट्टराईको मूख्य प्रस्तुती रहने भएको छ । कैलाली उद्योग बाणिज्य संघको आयोजनामा मंसिर २२ गतेदेखि जारी महोत्सवको आज सातौं दिनमा चक्र बम र रमेश राज भट्टराई ,सुमन परियार सहितका स्थानीय कलाकारहरुको प्रस्तुती रहेको छ ।

आज पनि विद्यालय तथा क्लव स्तरिय नृत्य प्रतियोगिताको प्रतिस्पर्धालाई निरन्तरता दिइने भएको छ । महोत्सवमा हरेक दिन बिहान ११ बजेदेखि ३ बजे सम्म स्थानीय कलाकारहरुको प्रस्तुती रहने छ । भने दिउँसो ३ बजे पछि राष्टिय स्तरका अतिथि कलाकारको प्रस्तुती देखाइने छ ।

महोत्सवको छैटौ दिनसम्म नेपालका चर्चित लोकप्रिय कलाकारहरुले प्रस्तुती देखाइसकेका छन् । भने पुष २ गते सम्म संचालन गरिने महोत्सवमा अझै चर्चित कलाकारको प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ । पल शाह,खेम सेन्चुरी जस्ता कला क्षेत्रका हस्तीहरु आउने कार्यतालिका रहेको छ।

१७ औ संस्करणको महोत्सवमा विशेष आकर्षणको रुपमा थारु गाउँ, फोटो प्रदर्शनी,रमाइलो मेला,कृषि प्रर्दशनी रहेका छन् । विगतका बर्ष झै यस वर्षपनि महोत्सवमा दर्शकको बाक्लो उपस्थिति रहेको आयोजकको भनाई छ ।

यस बर्षको महोत्सवको टिकट खल्तीबाट काट्न सकिने व्यवस्था मिलाईएको छ । भने खल्तीको प्रोमो कोड प्रयोग गरि हरेक टिकटमा २५ रुपियाँ छुट पाइने आयोजकले जनाएको छ । साधारण तर्फ रु १०० र विद्यार्थीलाई रु ५० टिकट निर्धारण गरिएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap