कञ्चनपुर, साउन । जिल्लाको मुख्य बजारमा चोरी भएको छ । महेन्द्रनगर बजारमा रहेको एक पसलमा कपडा चोरी भएको छ। आइतबार भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बजारमा रहेको लुक्स फेशनवेयर पसलबाट ‘डमी’मा लगाइएको कपडा चोरी भएको छ।
दिउँसो १२ बजेर ३० मिनेटमा पसलबाट ३ हजार बराबरको कपडा चोरी भएको पसल सञ्चालक कैलाश चन्दले बताए। पसलमा आएकी महिलाले कपडा चोरी गरेर लगेको भिडियो सिसीटिभी फुटेजमा कैद भएको उनले बताए। ती महिलाले अनुहार नदेखिने गरी पहिरन लगाएको सञ्चालक चन्दले बताए।