काठमाडौं माघ २५ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ३० वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय उपयुक्त भएको बताएका छन् । उनले संविधानको मर्म अनुरूप निर्वाचनको मिति घोषणा भएको बताएका हुन् ।
थापाले सरकारको यो निर्णयले स्थानीय तह रिक्त हुन्छ कि, भन्ने आशंका हटेको पनि उल्लेख गरेका छन् । ‘वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय उपयुक्त छ, संविधानको मर्म अनुरूप छ। स्थानीय तह रिक्त हुन्छ कि भन्ने आशंका हटेको छ । अनि निर्वाचन टार्ने गरी भएका अनेकन् बहस अब सकिएका छन्’, उनले ट्विट गर्दै भनेका छन् ।
महामन्त्री थापाले संविधान र लोकतन्त्रको मर्म विपरीत हिँड्ने छुट कसैलाई नरहेको पनि बताएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ३० वैशाखमा एकैपटक गर्ने गरी स्थानीय तहको निर्वाचन मिति घोषणा गरेको छ । फरकधार
Related