होली पर्वको शुभकामना राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री


लेखक : सुन्दराञ्चल      चैत्र ३, २०७८ मा प्रकाशित     
होली पर्वको शुभकामना राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री

काठमाडौँ, चैत्र ३।  राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले नेपालीहरूको महान् पर्व फागुपूर्णिमा होलीको शुभकामना व्यक्त गरेका छन् ।

छुट्टाछुट्टै सन्देश जारी गर्दै होलीमा खेलिने विविध रङ जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिकरूपमा विविधतापूर्ण रहेको उल्लेख गरेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको महान् पर्व फागुपूर्णिमा ९होली०को सुखद्अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिको कामना गरेकी छिन् । फागुपूर्णिमाका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उनले होलीमा खेलिने विविध रङ जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिकरूपमा विविधतापूर्ण रहेको उल्लेख गरेकी छिन् ।

राष्ट्रपतिले यही विविधताबीचको एकता नै हामी नेपालीको पहिचान र सामथ्र्य बनेको तथा त्यसले सम्पूर्ण नेपालीबीच आपसी प्रेम, सद्भाव र सहिष्णुता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरिन् ।

यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले प्रत्यक्ष मतदानद्वारा आफ्नो सरकार आफैँ बनाउने स्थानीय तहको निर्वाचनलाई उत्सवका रूपमा लिन आग्रह गरेका छन् । रङहरुका पर्वका रूपमा मनाइने नेपालीको लोकप्रिय चाड यस वर्षको फागु पूर्णिमा ९होली पर्व० का अवसरमा शुभकामना दिँदै उनले स्थानीय निर्वाचनमा सक्रिय सहभागिता जनाउन आग्रह गरेका हुन्।

उपराष्ट्रपतिले यस वर्षको होली पर्वले सामाजिक सद्भाव थप फैलाउने र राष्ट्रिय एकतालाई बलियो बनाउने विश्वास व्यक्त गरे। काठमाडौँ उपत्यकासहित पहाडी तथा हिमाली क्षेत्रमा फागु पूर्णिमाको दिन र तराई–मधेसमा भोलिपल्ट भव्यरूपमा मनाइने होली पर्वका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सद्भाव, समृद्धि र निरन्तर प्रगतिको कामना गरेका छन् ।

उपराष्ट्रपतिले होली पर्व २०७८ ले स्थानीय तहको निर्वाचनलाई उत्सवका रूपमा सम्पन्न गर्न सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास पनि व्यक्त गरेका छन् ।

यता प्रधानमन्त्री शेरबहादुर देउवाले पनि फागुपूर्णिमा ९होली०को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिको शुभकामना व्यक्त गरेका छन् । उनले शुभकामना सन्देशमार्फत होलीमा खेलिने विविध रङहरूजस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिकरूपमा विविधतापूर्ण रहेको उल्लेख गर्दै यही विविधताबीचको एकता नै नेपालीको पहिचान बनेको बताएका हुन् ।

फाल्गुण शुक्ल पूर्णिमाको दिन हिमाली एवं पहाडी जिल्लामा र त्यसको भोलिपल्ट तराईका जिल्लामा अबीर खेल्दै फागुपूर्णिमा मनाइन्छ ।प्रधानमन्त्री देउवाले कोभिड–१९ को सङ्क्रमण अझै पूर्णरूपमा नियन्त्रण भइनसकेको अवस्थामा स्वास्थ्यका मापदण्ड पालना गर्दै र अरुलाई अवरोध नहुने गरी मर्यादितरूपमा होली पर्व मनाउन आग्रहसमेत गरेका छन् ।

प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन फागु पूर्णिमा मनाइन्छ ।बिहीबार आज पहाड तथा हिमाली क्षेत्रमा मनाइने फागु पूर्णिमा शुक्रबार तराई मधेशमा होलीको रुपमा मनाइँदै छ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap