महाकाली नदी छेउको ‘भाइरल रोड’मा फोटो खिच्ने र टिकटक बनाउने घुइँचो


लेखक : सुन्दराञ्चल      साउन ३२, २०७८ मा प्रकाशित     
महाकाली नदी छेउको ‘भाइरल रोड’मा फोटो खिच्ने र टिकटक बनाउने घुइँचो

३२ साउन, महेन्द्रनगर । चिल्लो कालोपत्रे सडक, सडकको बीचमा लस्करै जडान गरिएका विद्युतका पोलहरु । छेउमै सुस्केरा हालेर बगिरहेको कञ्चन महाकाली । सडक छेउमै चिटिक्क परेको मानव वस्ती । बस्तीसँगै फल्दै गरेको धानबाली र साउने हरियालीले कसको ध्यान खिच्दैन होला र ?

यो तस्वीर हो, कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ओदालीको । जहाँ अहिले दैनिक सयौंको संख्यामा मानिसहरु घुमफिर गर्दै रमाइलोका लागि पुग्न थालेका छन् । महाकाली नदीमा निर्माणाधीन अवस्थामा रहेको चार लेनको मोटरेबल पुललाई जोड्ने पहुँच मार्गका रुपमा रहेको ६ लेनको पक्की सडकले धेरैलाई आकर्षित गरेको छ ।

सेल्फीमा रमाउने र टिकटकमा झुमिनेका लागि यो सडक सबैभन्दा उपयुक्त स्थान बनेको छ । अहिले यो सडक ‘भाइरल रोड’ का नामले चिनिन थालेको छ । ‘भाइरल रोड’ मा पुगेर सेल्फी र टिकटक बनाउने क्रम बढेसँगै मानिसहरु खोजीखोजी टाढा–टाढाबाट यहाँ आउन थालेका छन् ।

‘भाइरल रोड’ बारे सामाजिक सञ्जालबाट थाहा पाएको बताउने बैतडीको पाटनका चक्र अवस्थी रमाइलो गर्नकै लागि यहाँ आइपुगेको बताउँछन् । ‘टिकटकबाट यो सडकको बारेमा थाहा पाएको थिए । धेरै राम्रो छ भन्ने सुनेकाले हामी धेरै साथीहरु बैतडीबाटै घुम्न आएका छौं,’ अवस्थीले भने, ‘मैले पनि टिकटक बनाए । छेउमै महाकाली नदी सलल बगिरहेको छ । रमाइलो रहेछ, पछाडि निर्माणाधीन अवस्थामा रहेको पुल पनि देखिरहेको छ । सबैले घुम्न पर्ने ठाउँमध्यकै एउटा रहेछ ।’

धनगढी उपमहानगरपालिका–७ को देवरियाबाट ‘भाइरल रोड’ पुगेका वीरेन्द्रप्रसाद भट्टराईले पनि घुमेर रमाइलो गर्न पाउँदा खुशी लागेको बताए । ‘मैले ड्रोनबाट खिचिएको यो ‘भाइरल रोड’ को दृश्य देखेको थिएँ । एकपटक घुम्न जानुपर्छ भन्ने लागेको थियो,’ भट्टराईले अनलाइनखबरसँग भने, ‘आज साथीहरुसँगै आएर रमाइलो गरियो । वास्तविकतामा पनि साँच्चै टिकटकमा देखेको जस्तै ठाउँ रहेछ ।’ धनगढीमा पनि ६ लेन सडक निर्माण भए पनि महाकाली नदी छेउ र बस्तीको बीचमा भएकाले ‘भाइरल रोड’ नाम पाएको ओदालीको यो सडक आफ्नो रोजाइ बन्न पुगेको उनले बताए ।

६ लेन सडक कालोपत्रे भएपछि नै त्यहाँ चहलपहल बढेको स्थानीय बताउँछन् । भीमदत्त नगरपालिकाको बडैपुरका स्थानीय आइते लुहारले सडक कालोपत्रे भएपछि घुम्न आउने पर्यटक बढेको बताए । ‘सडक बनेपछि टाढा–टाढाबाट मानिसहरु यहाँ फोटो खिच्न र टिकटक बनाउनका लागि आउने गरेका छन्,’ लुहारले भने, ‘अरु दिनभन्दा शनिबार बढी मानिसको भीडभाड हुने गरेको छ ।’

महाकालीको ६ लेन सडकले आन्तरिक पर्यटक तानेपछि सो क्षेत्रमा व्यापार व्यवसाय पनि फस्टाउन थालेको छ । भीमदत्त नगरपालिका–१२ का वडाध्यक्ष कृष्णसिंह देउवाले पूर्ण रुपमा निर्माण सम्पन्न नभइसकेका बेला नै सडक आन्तरिक पर्यटकको रोजाइ बन्न पुगेको बताए । उनले निर्माण कार्य पूरा भएपछि पर्यटनका माध्यमबाट सडकलाई नगरको आर्थिक विकाससँग जोड्ने योजना रहे पनि अहिले त्यहाँ हुने भीडभाडको व्यवस्थापनको काम वडासँगै स्थानीय युवा क्लब र टोल विकास संस्थाले गरिरहेको जनाए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap