महाकालीमा भारतीय पक्षले तुइनको लट्ठा खुस्काएको छानबिन समितिको निष्कर्ष


लेखक : सुन्दराञ्चल      भदौ २, २०७८ मा प्रकाशित     
महाकालीमा भारतीय पक्षले तुइनको लट्ठा खुस्काएको छानबिन समितिको निष्कर्ष

धनगढी २ भाद्र । गृह मन्त्रालयको छानबिन टोलीले तुइनको लट्ठा खुस्काउँदा दार्चुलाको व्यास गाउँपालिका–२, मालगाउँका जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको निष्कर्ष निकालेको छ। ८ दिन दार्चुला र दुई दिन महाकली तटिय क्षेत्रका जिल्लामा अध्ययन गरेर काठमाडौँ फर्किएको टोलीले भारतीय पक्षका कारण धामी महाकालीमा बेपत्ता भएको निष्कर्ष निकालेको हो।

‘भारतीय पक्षबाट तुइनको लट्ठा खुस्काइएको स्थलगत अध्ययन र अनुसन्धानबाट देखिएको छ। प्रतिवेदनको निष्कर्ष पनि यही नै हुनेछ,’ समाचार स्रोतले भन्यो। गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम संयोजक रहेको छानबिन समितिले अहिले छानबिन प्रतिवेदन तयार पारिरहेको छ।

टोलीमा नेपाल प्रहरीका सुदूरपश्चिम प्रदेश प्रमुख डीआईजी पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरीका एसएसपी सुरेशकुमार श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय, दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशी सदस्य छन्।

सुरुको १० दिन र त्यसपछि थप गरिएको एक साताको समय अपुग भएर प्रतिवेदन बुझाउने समय पुनः एक साता थप गरिएको छ। गृहमन्त्री बालकृष्ण खाँणले बुधबारबाट लागू हुने गरी समितिको म्याद दोस्रो पटक एक साता थपेका हुन्।

मालघाट–गस्कु जोड्ने तुइन तरेर धामी भारत जान लाग्दा गत साउन १५ मा बेपत्ता भएका थिए। घटना हुँदा मालघाटमै रहेका प्रत्यक्षदर्शीहरूले एसएसबीका जवानले तुइन फुकालेपछि धामी भेलमा खसेको बताउँदै आएका थिए।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap