एमसी कपको दोस्रो संस्करण सुरु, विजेताले १ लाख ११ हजार पाउने


लेखक : सुन्दराञ्चल      भदौ २६, २०८१ मा प्रकाशित     
एमसी कपको दोस्रो संस्करण सुरु, विजेताले १ लाख ११ हजार पाउने

 भाद्र २६: धनगढीमा बुधवारदेखि दोस्रो एमसी कप खुल्ला भलिबल प्रतियोगिता सुरु भएको छ । ऐश्वर्य बहुमुखी क्याम्पस अन्तरगत स्वतन्त्र विद्यार्थी युनियनले आयोजना गरेको प्रतियोगिताको एक कार्यक्रमकाबिच सामाजिक विकास मन्त्री मेघराज खड्काले उद्घाटन गरेका थिए ।

उद्घाटन समारोहमा मन्त्री खड्काले खेलकुदबाट सुदूरपश्चिमको नाम रोशन गरिरहेको बताए । उनले एमसी कपले यहाँका खेलाडीहरूको पहिचान हुने समेत बताएका थिए । ‘यो क्षेत्रमा थुप्रै क्षमतावान् खेलाडीहरू हुनुहुन्छ यो प्रतियोगिताले उहाँहरूलाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा पुराउन मद्दत पुग्छ’ उनले भने, ‘यसले सुदूरपश्चिमको गौरवलाई बढाएको छ । ’ लागु औषध प्रयोगकर्ता बढिरहेको भन्दै मन्त्री खड्काले यस्ता सिजनशील कार्यक्रमले युवाहरूलाई पनि सहि बाटेमा लैजान मद्दत पुग्ने विश्वास व्यक्त गरेका थिए ।

खेलकुदले शारीरिक र मानसिक स्वास्थ्य पनि टेवा पुग्ने उनले बताए । कार्यक्रममा धनगढी उपमहानगरपालिकाका पूर्व मेयर समेत रहेका ऐश्वर्य बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष नृप वडले सुदूरपश्चिमलाई खेलकुदको रुपमा अगाडि बढाइरहेको बताएका थिए । हरेक विधाका खेलकुदमा सुदूरपश्चिमका खेलाडीको वर्चस्व रहेको भन्दै उनले विद्यालय स्तरमा आयोजना हुने खेलकुदले खेलाडीहरूको अझै मनोबल बढ्ने र अवसर पाउने बताए । प्रदेश सभा सदस्य धर्मराज पाठकले स्वबीयुले गरेको प्रतियोगिताले खेलाडीहरूलाई प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरेका थिए ।

खेलबाट प्रदेशको नाम रोशन भएको सांसद पाठकको भनाइ थियो । ऐश्वर्य बहुमुखी क्याम्पसमा स्वबीयुले आयोजना गरेका जस्ता खेलकुदहरू अन्य कलेजहरूमा पनि आयोजना गर्न आवश्यक रहेको बताएका थिए । आजबाट सुरु भएको प्रतियोगितामा सुदूरपश्चिम भित्रका राष्ट्रिय स्तरसम्मका खेलाडीहरूको पनि सहभागिता रहेको छ । प्रदेशका विभिन्न क्याम्पसका गरि ११ वटा टिमको सहभागिता रहेको स्ववियु सभापति कुबेर खड्काले जानकारी दिए । उद्घाटन खेल दिउसो ३ः३० बजे कञ्चनजंगा बहुमुखी क्याम्पस महेन्द्रनगर र सुदूरपश्चिम विश्व विधालयबिच हुनेछ। प्रतियोगितामा विजेताले १ लाख ११ हजार, उपविजेताले ६२ हजार र तृतीयले ३३ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ। यस्तै विभिन्न विधाका उत्कृष्ट खेलाडीले पनि नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

प्रदेशमा लुकेर रहेका खेलाडीहरूको पहिचान गर्ने र खेलकुदमा युवाहरूलाई जोड्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको सभापति खड्काले जानकारी दिएका छन् । ‘सुदूरपश्चिमका खेलाडीहरूमा धेरै क्षमता छ त्यो झल्काउने गरि हामीले प्रतियोगिता आयोजना गरेका हौँ’ उनले भने ‘खेलाडीहरूलाई व्यवसायीक बनाउने लक्ष्य रहेको छ ।’

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap