मन्दिरको चोर सुन प्रकरणमा पक्राउ परेका २ जना कारागार चलान बैतडीमा मन्दिरको चोर सुन प्रकरणमा पक्राउ परेका २ जना कारागार चलान


लेखक : सुन्दराञ्चल      साउन २२, २०७८ मा प्रकाशित     
मन्दिरको चोर सुन प्रकरणमा पक्राउ परेका २ जना कारागार चलान बैतडीमा मन्दिरको चोर सुन प्रकरणमा पक्राउ परेका २ जना कारागार चलान

बैतडी – जिल्लममा मन्दिरको सुन चोरी प्रकरणमा पक्राउ परेका दुई जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका १ रीम स्थित लटिनाथ मन्दिरको सुन चोरीमा संलग्न दुई जनालाई जिल्ला अदालत बैतडीले पुर्पक्षका लागि कारागार चलान गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार बैतडीका न्यायधिश तीलक बहादुर कार्कीको एकल इजलासले मन्दिरको भण्डार घर फोडी सुन चोरी कार्यमा संलग्न भएका दोगडाकेदार गाउँपालिका १ रीमका धनबहादुर कार्की र केशवराम सार्कीलाई कारागार चलान गरेको हो ।

यस्तै मन्दिरबाट चोरिएको सुन खरीद गरेको आरोपमा पक्राउ परेका सुनचाँदी व्यवसायी बैतडीको दशरथचन्द नगरपालिका ४ गढीका कञ्चन पौडेल र गणेश पौडेल तथा दार्चुलाको शैल्यशिखरका भुवनसिंह साहु भने धरौटी रिहा भएका छन् ।

उनीहरु जनही ५० हजार रुपैंया धरौटीमा रिहा भएका हुन् । यस्तै मन्दिरको सुनचोरी प्रकरण पक्राउ परेका दोगडाकेदार गाउँपालिका १ रीमका लालबहादुर कार्की र हरिकृष्ण सार्की जनही १० हजार धरौटीमा छुटेका प्रहरीले जनाएको छ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap