मन्दिरको चोर सुन प्रकरणमा पक्राउ परेका २ जना कारागार चलान बैतडीमा मन्दिरको चोर सुन प्रकरणमा पक्राउ परेका २ जना कारागार चलान


लेखक : सुन्दराञ्चल      साउन २२, २०७८ मा प्रकाशित     
मन्दिरको चोर सुन प्रकरणमा पक्राउ परेका २ जना कारागार चलान बैतडीमा मन्दिरको चोर सुन प्रकरणमा पक्राउ परेका २ जना कारागार चलान

बैतडी – जिल्लममा मन्दिरको सुन चोरी प्रकरणमा पक्राउ परेका दुई जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका १ रीम स्थित लटिनाथ मन्दिरको सुन चोरीमा संलग्न दुई जनालाई जिल्ला अदालत बैतडीले पुर्पक्षका लागि कारागार चलान गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार बैतडीका न्यायधिश तीलक बहादुर कार्कीको एकल इजलासले मन्दिरको भण्डार घर फोडी सुन चोरी कार्यमा संलग्न भएका दोगडाकेदार गाउँपालिका १ रीमका धनबहादुर कार्की र केशवराम सार्कीलाई कारागार चलान गरेको हो ।

यस्तै मन्दिरबाट चोरिएको सुन खरीद गरेको आरोपमा पक्राउ परेका सुनचाँदी व्यवसायी बैतडीको दशरथचन्द नगरपालिका ४ गढीका कञ्चन पौडेल र गणेश पौडेल तथा दार्चुलाको शैल्यशिखरका भुवनसिंह साहु भने धरौटी रिहा भएका छन् ।

उनीहरु जनही ५० हजार रुपैंया धरौटीमा रिहा भएका हुन् । यस्तै मन्दिरको सुनचोरी प्रकरण पक्राउ परेका दोगडाकेदार गाउँपालिका १ रीमका लालबहादुर कार्की र हरिकृष्ण सार्की जनही १० हजार धरौटीमा छुटेका प्रहरीले जनाएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap