मन्त्री रेणु यादवलाई तत्काल बर्खास्त गर्न माग


लेखक : सुन्दराञ्चल      माघ ९, २०७८ मा प्रकाशित     
मन्त्री रेणु यादवलाई तत्काल बर्खास्त गर्न माग

काठमाडौं माघ ९, मानव अधिकार तथा शान्ति समाजले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई तत्काल बर्खास्त गर्न माग गरेको छ । समाजका सभापति गोविन्द खनालले आइतबार विज्ञप्ति जारी गर्दै मन्त्री यादवले हालै रौतहटको गौरमा दिएको  अभिव्यक्ति ‘आपत्तिजनक’ र मन्त्री पदको गरिमा विपरीत हुनुका साथै लोकतान्त्रिक मर्यादाको खिलाफ रहेको प्रस्ट पारेका छन् ।

‘आपराधिक मार्गलाई बढावा दिने गरी अभिव्यक्ति दिने मन्त्री रेणु यादवलाई तत्काल मन्त्री पदबाट बर्खास्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई मानव अधिकार तथा शान्ति समाज आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

यसैगरी सीके राउत नेतृत्वको जनमत पार्टीद्वारा प्रदर्शित कतिपय अराजक, उच्छृंखल एवम् अशोभनीय गतिविधी पनि निन्दनीय रहेको शान्ति समाजले जनाएको छ । रातोपाटी
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap