मध्यराति कालिकोटमा भूकम्पको धक्का


लेखक : सुन्दराञ्चल      पुस १३, २०८१ मा प्रकाशित     
मध्यराति कालिकोटमा भूकम्पको धक्का

काठमाडौं  १,३ पुसपश्चिम नेपालमा निरन्तर भूकम्प गइरहेका बेला कर्णाली प्रदेशको कालिकोटमा फेरि भूकम्पको धक्का महसुश भएको छ । कालिकोटको लाली आसपास केन्द्रविन्दु बनाएर ३.७ म्याग्नेच्युडको भूकम्प भएको खानी तथा भूगर्व विभाग अन्तर्गतको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्प स्थानीय समयनुसार शुक्रबार राती ११ बजेर ३१ मिनेटको आसपासमा गएको बताइएको छ । यसअघि, बिहीबार अर्थात् पुस ११ गते बिहान ६ः३३ बजे जाजरकोटको नायकबाडा आसपास केन्द्रबिन्दु भएर पछिल्लो भूकम्प गएको थियो ।
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap