मंगलबार सेती प्रयोगशालामा २७ जनामा कोरोना पुष्टि


लेखक : सुन्दराञ्चल      साउन २६, २०७८ मा प्रकाशित     
मंगलबार सेती प्रयोगशालामा २७ जनामा कोरोना पुष्टि

धनगढी,२६ साउन । मंगलबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा २७ जनामा कोरोना  पुष्टि भएको  छ । उक्त प्रयोगशालामा १५९ नमूनाको परीक्षण गर्दा २७ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

यस्तै १३२ जनाको रिपोर्ट निगेटिभ आएको छ । पछिल्लो २४ घण्टामा अस्पतालमा २ जना अस्पतालमा भर्ना भएका छन्, भने ५ जना डिस्चार्ज भएका छन् ।  हाल अस्पतालमा १९ जना संक्रमित उपचाररत छन्। अस्पतालमा २ जना भेन्टिलेटर, ३ जनाको आसीयुमा उपचार भइरहेको छ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap