काठमाडौँ,१९ साउन । आज मंगलबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ । हिजो सुन प्रतितोला ९२ हजार ३०० रुपैँयामा कारोबार भएको थियो । आज मंगलबार पनि सोही मूल्यमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायीले जनाएको छ ।
यता पनि छापावाला सुन प्रतितोला ९१ हजार ८०० रुपैँयामा कारोबार हुने भएको छ । हिजो पनि यो सुन सोही मूल्य रहेको थियो । चाँदी प्रतितोला १ हजार २७५ रुपैँयामा कारोबार हुने भएको छ । हिजो सोमबार भने चाँदीको प्रतितोला १ हजार २८५ रुपैँया रहेको थियो ।