मंगलबार बसेको लगानी बोर्डको बैठकले सुदूरपश्चिममा ३५० मेगावाटको सोलार आयोजना सर्वेक्षण गर्न अनुमति


लेखक : सुन्दराञ्चल      माघ २५, २०७८ मा प्रकाशित     
मंगलबार बसेको लगानी बोर्डको बैठकले सुदूरपश्चिममा ३५० मेगावाटको सोलार आयोजना सर्वेक्षण गर्न अनुमति

धनगढीःमाघ २५ सुदूरपश्चिममा ३५० मेगावाटको सोलार आयोजना सर्वेक्षण गर्न अनुमति प्राप्त भएको छ। मंगलबार बसेको लगानी बोर्डको बैठकले डोटी र डडेल्धुरामा ३५० मेगावाट क्षमताको सोलार आयोजना सर्वेक्षण गर्न अनुमति दिएको हो।

बैठकले सेन्ट्रल इलेक्ट्रोनिक्स इनर्जी लिमिटेडलाई सौर्य उर्जा आयोजनाको अध्ययन अनुमति दिने निर्णय गरेको हो। जसअन्तर्गत डडेलधुराको अमरगढीमा २२५ मेगावाट र डोटीको सिलगढीमा १२५ मेगावाट क्षमताको सोलार आयोजनाका लागि अध्ययन गरिनेछ।

त्यस्तै, निजी क्षेत्रका छाता संस्थाहरुसँग लगानी प्रवर्द्धन तथा समन्वय गर्नका लागि पहल गर्ने विषयबारे आजको बोर्ड बैठकमा छलफल भएको छ। माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको सम्बन्धमा सुझाव दिन गठित कार्यदलको समय थप सम्बन्धी प्रस्ताव पनि आजको बोर्ड बैठकमा पेश गरिएको थियो।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap