भ्वाइस अफ नेपाल’को सिजन ४’ का रिहान गिरीले नेपाली फिल्ममा डेब्यु गर्ने


लेखक : सुन्दराञ्चल      जेष्ठ २२, २०८१ मा प्रकाशित     
भ्वाइस अफ नेपाल’को सिजन ४’ का  रिहान गिरीले नेपाली फिल्ममा डेब्यु गर्ने

काठमाडौं  जेठ २२ , ‘भ्वाइस अफ नेपाल’को सिजन ४’ का फाइनलिस्ट रिहान गिरीले नेपाली फिल्ममा डेब्यु गर्ने पक्का भएको छ । उनले केही दिनअघि ‘होस्टेल’को तेस्रो श्रृंखला साइन गरेका छन् ।

यसअघि एक फिल्ममा अनुबन्धित भएपनि भिसा प्रक्रियाको कारण उनी पछि उक्त प्रोजेक्टबाट बाहिरिएका थिए । सशान (सन्तोष) कँडेलले निर्देशन गर्ने यो फिल्मका लागि गिरी बेलायतको सांगीतिक टूर छोट्टाएर साउन पहिलो साता काठमाडौं आउँदैछन् ।भुटानी नागरिक रिहानले ‘भ्वाइस अफ नेपाल’को चौंथो सिजनमा दमदार प्रस्तुति दिएका थिए । हिमालय टिभीको उक्त रियालिटी शोपछि उनको चर्चा नेपाल र भारतमा खुबै चल्यो । उनी रक र सफ्ट-रक जनराको गायनमा चर्चित छन् ।

भदौदेखि छायांकन सुरु हुने फिल्मका अन्य कलाकारका सामाजिक संजालकी कन्टेन्ट क्रिएटर सिम्रन पन्त र भारतको सिक्किमका कमेडियन पदम तामाङ पनि अनुबन्धित भएको जनाइएको छ ।फिल्ममा रिहानको संलग्नताबारे निर्देशक कँडेलले दुबै मुलुकका लागि यो लाभदायक हुने बताए । फिल्ममा उनले मानव नामक चरित्र निर्वाह गर्नेछन् । ‘हामीले एकदमै फ्रेस महसुस हुने कलाकारको आवश्यकता देख्यौं, सोही कारण फिल्ममा रिहान जोडिएका हुन्’ कँडेलले भने ।

निर्माताले यसअघि यो फिल्ममा सामाजिक संजालका कन्टेन्ट क्रिएटर पारस बम ‘कुल ब्वाय’लाई अनुबन्धित गरेका छन् । यो फिल्मको छायांकन भदौदेखि सुरु हुने जनाइएको छ ।

‘होस्टेल’ सिरिजबाट अनमोल केसी, सलोन बस्नेत, सुशिल सिटौला, सुशिल श्रेष्ठ, स्वस्तिमा खड्का, नाजिर हुसेन लगायतका कलाकारले डेब्यु गरेका छन् ।

‘होस्टेल ३’लाई भने सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा बनाउँदै छ । यसका निर्माता शिशिर ज्ञवाली, कार्यकारी निर्माता शङ्कर कोइराला, सह-निर्माता सुधा मरहट्ठा, सुरेश कँडेल र अर्जुन सापकोटा हुन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap