बुधबार अपराह्न ४ बजे संघीय संसद् अन्र्तगत प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठकका लागि सम्पूर्ण तयारी पूरा भएको संघीय संसद सचिवालयले जनाएको छ । संसद सचिवालयले ब्यक्तिगत दुरी कायम गर्नेगरी सिट ब्यवस्था गरेको, सांसदको बैठक कक्षमा प्रवेश गर्नुअघि तापक्रम नाप्ने, स्यानिटाइजर, मास्क लगायतको व्यवस्थापन गरेको संघीय संसदका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए ।
गत साउन ३२ गते सरकारले संसद अधिवेशन अन्त्य गरेर दल विभाजन सम्बन्धी अध्यादेश ल्याएको थियो । सरकारको सिफारिसमा राष्ट्रपति बिद्या भण्डारीले बुधबारका लागि संघीय संसद बैठक आह्वान गरेकी हुन् ।