भोलिदेखि लगातार तीन दिन बिदा


लेखक : सुन्दराञ्चल      भदौ ४, २०७८ मा प्रकाशित     
भोलिदेखि लगातार तीन दिन बिदा

काठमाडौँ,४ भदौ ।  सरकारले गाईजात्रा पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले देशभरका नेवार समूदायलाई भदौ ७ गते गाईजात्राको अवसरमा सार्वजनिक दिने निर्णय गरेको हो । यसअघि सरकारले गाईजात्राको अवसरमा काठमाडौँ उपत्यकामा मात्रै बिदा दिँदै आएको थियो ।

सरकारका प्रवक्ता तथा कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गाईजात्रा स्वास्थ्य मापदण्ड अपनाएर सांकेतिक रुपमा मनाउन पनि आग्रह गरे ।त्यस्तै भदौ ५ गते शनिबार त्यसै विदा नै भइहाल्यो । भदौ ६ गते आइतबार जनैपूर्णिमा पनि बिदा रहेको छ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap