भोलिदेखि मौसममा सुधार हुने


लेखक : सुन्दराञ्चल      फाल्गुन २, २०८० मा प्रकाशित     
भोलिदेखि मौसममा सुधार हुने

बुधबार २, फागुन  देशका धेरैजसो ठाउँमा मौसम बदली भएको छ ।  मौसमविद्हरुले आज हल्का पानी पर्ने बताए पनि अहिलेसम्म कतै पनि पानी परेको छैन । तर बेलुकासम्म कोशी, मधेश, बाग्मती, लुम्बिनी तथा कर्णाली प्रदेशका एक, दुई ठाउँमा हल्कादेखि छिटपुट वर्षाको सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीले बताउनुभयो ।


त्यस्तै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ । तराई मधेशका धनगढी, सिमरा तथा विराटनगरमा हुस्सु बिहानैदेखि लागिरहेको छ ।

आज रातिदेखि पश्चिम नेपालको मौसममा सुधार हुने तथा बाग्मती, कोशी र मधेश प्रदेशमा भने भोलि बिहानदेखि मौसम खुल्ने पनि मौसमविद् सञ्जीव अधिकारीले बताउनुभयो ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap