भूकम्प पीडितको जीवनरक्षा गर्न एमालेको माग


लेखक : सुन्दराञ्चल      मंसिर ४, २०८० मा प्रकाशित     
भूकम्प पीडितको जीवनरक्षा गर्न एमालेको माग

 मङ्सिर ४,नेकपा एमालेले भूकम्प प्रभावित जिल्ला जाजरकोटमा समयमा उपचार नपाएर १० जना भूकम्प पीडितहरुको मृत्यु भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सरकारले बृद्ध, दीर्घरोगी, बालक, महिला, सुत्केरीहरुलाई समयमा आवास, उपचार उपलब्ध गराउन नसक्दा दुःखद् घटना भएको एमालेले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

हालसम्म चिसोका कारण मृत्यू हुनेहरुमा बारेकोट गाउँपालिका–१ रामीडाँडाका डुमे पुन, भेरी नगरपालिका– २ का ८८ वर्षीय धुलेश्वर कार्की, बारेकोट गाउँपालिका– ४ जिरीका नरेन्द्रबहादुर सिंह, नलगाड नगरपालिका– ४ का ८४ वर्षीय गोपालबहादुर रावल, नलगाड ४ कि ४८ वर्षीय पम्फा रावल, बारेकोट गाउँपालिका वडा नं बयालाका ६० वर्षीय कर्णवीर विक, बारेकोट ६ ताँसीका ५५ वर्षीय वीरकहादुर विक,  जुनीचाँदे गाउँपालिका–४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, छेडागाड नगरपालिका–१३ थानवाडाकी ५६ वर्षीया मनसरी कामी, भेरी नगरपालिका वडा नं ४ तल्याउनका केशव भडेल रहेको विज्ञप्तिमा उल्लेख छ।

‘हाम्रो पार्टी समयमा उपचार नपाएर मृत्यु हुने नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ र सरकारलाई अविलम्ब नागरिकहरुको जीवनरक्षाको लागि उचित प्रबन्ध गर्न जोडदार माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap