भूकम्पले चर्किएका घर टालटुल गरिदैँ बाजुरामा


लेखक : सुन्दराञ्चल      मंसिर ६, २०८० मा प्रकाशित     
भूकम्पले चर्किएका घर टालटुल गरिदैँ बाजुरामा

 मंसिर ६ ,बाजुराका अधिकांश स्थानीयले हिउँद लागेसँगै चिसोबाट जोगिन भूकम्पले चर्किएका घरलाई टालटुल तथा लिपपोत गर्न थालेका छन् । सुरक्षित तथा नयाँ घरबासको व्यवस्थापन नभएपछि त्रिपालभित्रको चिसोबाट जोगिन चर्किएका घर टालटुल गर्न थालेका हुन् ।

केही समय त्रिपाल हालेर बस्दै आएका थियौँ, अहिले चिसो बढेपछि चर्किएका घर टालटुल गरेर बस्न सुरु गरेको खप्तडछेडेदह गाउँपालिका–५ का स्थानीय रामबहादुर रावतले बताए । “नयाँ घर लगाउँ भने पैसा खर्च गर्नु पर्छ । आफूसँग पैसा नभएपछि चर्किएकै घरलाई टालटुल गर्दै बस्न सुरु गरेका हौँ, उहाँले भन्नुभयो ।” भूकम्पले ढुङ्गाको छाना भएको घरमा क्षति पु¥याएपछि कर्कटपाता राखिएको उनले बताए।

गत असोज १३ गते बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पले बाजुरामा धेरै घर चर्किएपछि यहाँका स्थानीयको त्रिपालको बास भएको थियो । घरबासको पर्खाइमा रहेका पीडितलाई अहिलेसम्म कुनै निकायबाट व्यवस्था हुन सकेको छैन । भूकम्पबाट प्रभावित भएकाले घरबासको व्यवस्थापन गरिदिनका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारसँग माग राख्दै आएका छन् । प्रत्येक वर्ष भूकम्प आउँछ घर भत्किन्छन् डाटा सङ्कलन हुन्छ । त्यसपछि त्यो कार्य त्यत्तिकै सीमित हुन्छ रावतले भने ।

बाजुराका अधिकांश स्थानीयको घर भूकम्पले भत्काएपछि गाँस, बास र कपासको समेत समस्या हुँदै गएको छ । भूकम्पपीडितलाई बस्न त के खानलाई समेत कहीँकतैबाट व्यवस्था भएको छैन । भूकम्पले बाजुराका १२६ घरहरू पूर्ण १७६ आंशिक र ३०७ घरमा सामान्य क्षति भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । भूकम्प प्रभावित घरपरिवारलाई सुरक्षित ठाउँमा व्यवस्था गर्नका लागि गृह मन्त्रालयमा पत्राचार गरिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap