भीम रावलको सरकारलाई प्रश्न : दार्चुलामा भारतीय हेलिकप्टर उडेको थाहा छ कि छैन ?


लेखक : सुन्दराञ्चल      भदौ १८, २०७८ मा प्रकाशित     
भीम रावलको सरकारलाई प्रश्न : दार्चुलामा भारतीय हेलिकप्टर उडेको थाहा छ कि  छैन ?

धनगढी १८ भाद्र । नेकपा एमालेका नेता भीम रावलले दार्चुलामा विना अनुमति भारतीय हेलिकप्टर उडाइएको भन्दै आपत्ति जनाएका छन् । शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत रावलले विना अनुमति नेपाली भूमिमा भारतीय हेलिकप्टर उडाइएको भन्दैआपत्ति जनाएका हुन् ।

रावलले नेपालको हवाई क्षेत्र उल्लंघन गरी भारतीय हेलिकप्टर निरन्तर उडेको कुरा सरकारलाई थाहा छ कि छैन भन्दै प्रश्न समेत गरेका छन् । रावलले भनेका छन् : ‘दार्चुला जिल्लामा नेपालको हवाई क्षेत्र उल्लङ्घन गरी भारतीय हेलिकप्टर निरन्तर उडेको नेपाल सरकारलाई थाहा छ कि  छैन ? अनुमति दिएको हो भने के प्रयोजनका लागि दिएको हो ?’

सुरक्षा संवेदनशीलताबारे प्रश्न गर्दै रावलले भनेका छन् : ‘गठबन्धनका लागि सरकार भनेको मन्त्रीको भागबण्डा, पार्टी फुटाउने र सत्ता हत्याउने  मात्र हो कि देश र जनताको सुरक्षा गर्नु हो ?’

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap