भुमिहिनलाई लालपुर्जा, कार्तिक भित्र कांग्रेस सरकारले सबैलाई दिइसक्ने


लेखक : सुन्दराञ्चल      बैशाख १९, २०७९ मा प्रकाशित     
भुमिहिनलाई लालपुर्जा, कार्तिक भित्र कांग्रेस सरकारले सबैलाई  दिइसक्ने

वैशाख १९ धनगढी  ,नेपाली कांग्रेसकी केन्द्रिय सदस्य आर्जु राणा देउवाले कैलालीका सुकम्बासी ,भुमिहिन दलित , मुक्त कमैयाँ र अव्यवस्थीत ऐलानी जग्गामा बसोबास गरेकाहरुको समस्या चाँडो भन्दा चाँडो समाधान गर्न र्दिेशन दिनुभएको छ । राष्ट्रिय भुमि आयोगका केन्द्रिय अध्यक्ष केशव निरौलालाई नेपाल लगाएत कैलाली जिल्लाको धेरै वर्ष पहिले देखिको भुमि सम्बन्धि समस्या चाँडो समाधान गरीदिन आग्रह गर्नुभएको हो ।

केन्द्रिय अध्यक्ष निरौला संग आफ्नै निवास धनगढीमा भएको भेटघाटका क्रममा सबै काम सम्पन्न गर्ने आग्रह गर्नु भएको हो । नेपाली कांग्रेस ले सरकार गठन भएको छ महिनामै राष्ट्रिय भुमि आयोगको गठन गरि प्रत्यक जिल्लामा नाप नक्सा तयार गर्ने कार्य गरी लालपुर्जा वितरण को काम सुरु गरीसकेको छ ।

केन्द्रिय अध्यक्ष निरौलाले नेपालकै पहिलो सुकुम्बासि दलितलाई लालपुर्जा वितरण गर्ने उपमहाँनगर धनगढी भएको र भुमि आयोग कैलालीका अध्यक्ष यज्ञराज उपाध्यायले अध्यक्ष भएको नौ दिनमै लालपुर्जा दिएर उत्कृष्टकाम गर्ने सफल भएको बताउनु भयो ।साथै यहि असोज कार्तिक महिना भित्र भुमि सम्बन्धि सबै समस्या समाधान गरी सक्ने बताउनु भयो । कैलाली जिल्लाका सुकुम्बासि बस्ती ,मुक्त कमैयाँ बस्ती अव्यवस्थीत बसोबास भएका टोलको समस्या बुभन भुमिआयोग कैलालीका अध्यक्ष यज्ञराज उपाध्याय ,केन्द्रिय अध्यक्ष निरौला मोरङ क्षेत्रनं ३ का उपसभापति सन्तोष फुयाँलले स्थलगत

अनुमन समेत गर्नु भएको थियो । लालपुर्ज वितरणको लागि कैलालीका विभिन्न टोलमा काम भैरहेको यो काम लाई चाँडो पुर्णता दिन धनगढीमा गठबन्धनको सरकार मेयर नृप बहादुर वड लागाएतलाई विजयी गराउनु पर्ने अन्य को नेतृत्वमा स्थानीय सरकार आए पुरानै हालतमा कगजातमै फाइलहरु सिमित रहने छ । कांग्रेस बाहेक अरुको सरकारले झुटा आस्वासन मात्र दिने काम नगर्ने निरौलाले बताउनु भयो । भुमि आयोग कैलालीका अध्यक्ष उपाध्यायले धनगढीमा काम आधा सम्पन्न भै सकेको र चाँडै बाँकि रहेकालाई लालपुर्जा वितरण गर्ने बताउनु भयो ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap