भारतीय रुपैयाँ सहित वीरगञ्जबाट तीन जना महिलालाई पक्राउ


लेखक : सुन्दराञ्चल      अशोज २५, २०७९ मा प्रकाशित     
भारतीय रुपैयाँ सहित वीरगञ्जबाट तीन जना महिलालाई पक्राउ

२५ असोज, वीरगञ्ज । प्रहरीले ठूलो परिमाणमा भारतीय रुपैयाँ सहित वीरगञ्जबाट तीन जना महिलालाई पक्राउ गरेको छ । नुवाकोटका ४५ वर्षीया अनिता तामाङ र ४४ वर्षीया सरिता अग्रवाल तथा धादिङकी ३० वर्षीया मन्जु तामाङ पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट २८ लाख ५६ हजार भारतीय रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए

रक्सौल–वीरगञ्ज नाका हुँदै आउँदै गरेका उनीहरुलाई शनिबार बिहान वडा प्रहरी कार्यालय विर्ता र प्रहरी चौकी इनर्वाबाट खटिएको टोलीले पक्राउ गरेको थियो । वीरगञ्ज–१६ रजतजयन्ती चोकमा नियमित सवारी साधन तथा पैदल यात्रीलाई चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल मल्लले बताए ।

उनीहरुले बोकेर ल्याएको झोला तथा शरीर खान तलासी गर्दा अनिताको साथबाट भारु २ हजार रुपैयाँ दरका नोट ५५ थान र ५ सय दरका ५ हजार ३ सय ८० वटा नोट गरी जम्मा २८ लाख बरामद भएको थियो । उनीसँगै आएकी मन्जुको साथबाट ५६ हजार रुपैयाँ बरामद भएको थियो । उनीहरुसँगै भारतबाट आएकी सरिताको पनि रकम ल्याउने कार्यमा संलग्नता देखिएकाले उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

नेपालमा प्रतिबन्धित दरका नोट ल्याएकाले पक्राउ गरी कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी निरीक्षक मल्लले जानकारी दिए । बराममद गरिएको भारतीय रुपैयाँ सहित उनीहरुलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

उनीहरुले भारतको मुम्बईमा सञ्चालन गर्दै आएको होटल बिक्री गरेको रकम बोकेर आएको दाबी गरेका छन् । नेपालमा भारतीय ५ सय र २ हजार दरका नोट प्रतिबन्धित छ । भारतीय रुपैयाँ १ सय वा सोभन्दा साना दरका मुद्रा मात्र ल्याउन, लैजान तथा सटही गर्न पाइन्छ । भारत भ्रमण, अध्ययन, औषधोपचार र तीर्थयात्रा आदि लगायतका काममा जाँदा भारु नगद सटही माग भएमा २५ हजार भारुसम्म मात्रै नगद सटही हुने व्यवस्था राष्ट्र बैंकले गरेको छ । अनलाइनखबर

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap