भारतीय अभिनेता सिद्धार्थ सुक्लाको निधन


लेखक : सुन्दराञ्चल      भदौ १७, २०७८ मा प्रकाशित     
भारतीय अभिनेता सिद्धार्थ सुक्लाको निधन

बलिउड अभिनेता एवम् भारतीय टेलिभिजन शो ‘बीग बोस १३’ का विजेता सिद्धार्थ शुक्लाको निधन भएको छ । उनको हृदयघातका कारण निधन भएको भारतीय सञ्चार माध्यमले जनाएको छ ।

मुम्बईस्थित कुपर अस्पतालमा उपचाररत ४० वर्षीय शुक्लाको बुधबार राति निधन भएको हो । सिद्धार्थको शव हाल कुपर अस्पतालमा राखिएको र आजै पोस्टमार्टम गरिने बताइएको छ ।

उनी भारतीय टिभि सिरिज ‘बालिका बधु’मार्फत लोकप्रिय बनेका थिए ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap