नेपाल सरकार गृह मन्त्रालयले नागरीकको सान्तीपुर्णरुपमा विरोध गर्न पाउने अधिकारलाइ कुण्ठीत गर्दै हाले जारी गरेको धम्किपुर्ण विज्ञप्तीको विरोधमा अनेरास्ववियु आन्दोलित भएको छ ।
जन अधिकारको अपमान गरेको भन्दै अनेरास्ववियु विश्वविधालय राष्ट्र्यि कमिटीले गृहमन्त्रालयले आपत्ति जनाउदै निकालेको विज्ञप्ति जलाउने निर्णय गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएको प्रति गृहमन्त्रालयले आपत्ति जनाउदै धम्कीपुर्ण विज्ञप्ति निकालेको थियो ।
अनेरास्ववियुले भारतीय हस्तक्षेपको विरोधमा विज्ञप्ति जलाउने कार्यक्रम तय गरेको हो। नेपाली राष्ट्र्यितामै खलल पार्ने दुस्साहास गर्ने मोदीको पुत्ला जलाउने मात्रै नभई थप सशक्त आन्दोलन गर्ने चेतावनी अनेरास्ववियुले दिएको छ ।
विरोध कार्यक्रममा सम्पुर्ण देशभक्त विध्यार्थिहरुलाई सहभागि हुन अखिलले अनुरोध गरेको छ । विरोध कार्यक्रम सोमवार अपराह्न ३ बजे, मिनभवन क्याम्पसमा सञ्चालन हुने अखिलले जनाएको छ ।