भारतिय मोदी र नेपाली गोदी विरुद्ध अखिल आन्दोलनमा


लेखक : सुन्दराञ्चल      भदौ २१, २०७८ मा प्रकाशित     
भारतिय मोदी र नेपाली गोदी विरुद्ध अखिल आन्दोलनमा

नेपाल सरकार गृह मन्त्रालयले नागरीकको सान्तीपुर्णरुपमा विरोध गर्न पाउने अधिकारलाइ कुण्ठीत गर्दै हाले जारी गरेको धम्किपुर्ण विज्ञप्तीको विरोधमा अनेरास्ववियु आन्दोलित भएको छ ।

जन अधिकारको अपमान गरेको भन्दै अनेरास्ववियु विश्वविधालय राष्ट्र्यि कमिटीले गृहमन्त्रालयले आपत्ति जनाउदै निकालेको विज्ञप्ति जलाउने निर्णय गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएको प्रति गृहमन्त्रालयले आपत्ति जनाउदै धम्कीपुर्ण विज्ञप्ति निकालेको थियो ।

अनेरास्ववियुले भारतीय हस्तक्षेपको विरोधमा विज्ञप्ति जलाउने कार्यक्रम तय गरेको हो। नेपाली राष्ट्र्यितामै खलल पार्ने दुस्साहास गर्ने मोदीको पुत्ला जलाउने मात्रै नभई थप सशक्त आन्दोलन गर्ने चेतावनी अनेरास्ववियुले दिएको छ ।

विरोध कार्यक्रममा सम्पुर्ण देशभक्त विध्यार्थिहरुलाई सहभागि हुन अखिलले अनुरोध गरेको छ । विरोध कार्यक्रम सोमवार अपराह्न ३ बजे, मिनभवन क्याम्पसमा सञ्चालन हुने अखिलले जनाएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap