भारतले महाकाली नदीको बहाव परिवर्तन हुने गरी तटबन्ध बनाउदा पनि के हेरेर बसेको छ सरकार ..?


लेखक : सुन्दराञ्चल      चैत्र ७, २०७८ मा प्रकाशित     
भारतले महाकाली नदीको बहाव परिवर्तन हुने गरी तटबन्ध बनाउदा पनि के हेरेर बसेको छ सरकार ..?

कैलाली ७ चैत्र  नेपाल–भारत छुट्याउने दार्चुलाको सीमा क्षेत्र महाकाली नदी किनारमा भारतले एकतर्फीरूपमा आफूखुसी तटबन्ध गर्न थालेको छ। स्थानीयको व्यापक विरोध हुँदाहुँदै पनि भारतीय पक्षले आफूखुसी महाकाली नदीको बहाव नेपालतर्फ धकेलिने गरी पक्की तटबन्ध निर्माण गर्न थालेको हो।

भारतीय पक्षले दार्चुला सदखलंगाको पारिपट्टि बाङ्गाबगड–लास्कुखोला–महाकाली नदी किनार–नमसिकार–किम्तडीसम्मको किनारै पक्की तटबन्ध निर्माण गर्न थालेपछि स्थानीयले विरोध गरेका छन्।

भारतले पहिलेको तटबन्धभन्दा ९ मिटर वरै (नेपालतर्फ) सीमा रहेको महाकाली नदीको पानी नेपालतर्फ धकेलिने गरी तटबन्ध बनाउन थालेको हो। ‘भारतले आफ्नो पुरानो तटबन्धभन्दा नेपालतर्फ ९ मिटर वरै पुनः जेसिवी चलाएर तटबन्ध गर्नका लागि फाउण्डेसन तयार गरिरहेको छ,’ सदरमुकाम खलंगाका स्थानीय भोजराज जोशीले भने, ‘हामीले पटकपटक विरोध गरेका छौं, तर पनि न त भारतीय पक्ष पछि हट्छ, न त नेपालतर्फको स्थानीय प्रशासनले नै सुन्छ।’

भारतले यसरी आफूखुसी महाकाली नदी साँघुरिनेगरी तटबन्ध गर्दा बर्खायाममा नेपालतर्फ क्षति पुगने आँकलन गरिएको उनले बताए। उनले भने,‘महाकाली नदीलाई भारतले आफ्नोतर्फको जमिनमा ड्याम बाँधेर तटबन्ध गरिँदा नदी साँघुरिने भई त्यसले नेपालतर्फको भू–भागमा क्षति पुग्ने निश्चित छ।’

महाकाली नदीको बहाव परिवर्तन हुने गरी तटबन्ध बनाउन थाले पनि भारतले नेपाली प्रशासनसँग अहिलेसम्म समन्वय नगरेको स्थानीयको आरोप छ। अन्तर्राष्ट्रिय सन्धि–सम्झौताअनुसार सीमा नदीको बहावलाई असर पर्ने गरी कुनै पनि मुलुकले एकअर्काको सहमतिबिना भौतिक संरचना निर्माण गर्न पाउँदैन । तर, भारतले अन्तर्राष्ट्रिय कानुन र आपसी सहमतिबेगर महाकालीको बहाव नेपालतर्फ फर्कने गरी तटबन्ध बनाइरहेको भन्दै स्थानीय दैनिक विरोधमा उत्रिएका छन्।

महाकाली नदीमा अहिले दैनिक १०/१२ वटा जेसिबीले धमाधम काम गरिरहेको बताउँदै जोशीले भने, ‘भारतले पुरानो तटबन्ध भन्दा ९ मिटर वरै १० मिटर अग्लो तटबन्ध बनाउन थालेको बताइरहँदा पनि नेपाली प्रशासन भने मौन लागेको छ।’ कुनै कुनै बेला भने स्थानीय युवाहरूको समूहले भारतीय जेसिबीलाई काम गर्न नदिन भन्दा वारिबाटै नाराबाजी गर्नुका साथै ढुंगा प्रहार गर्ने गरेको भए पनि भारतीय पक्षले निष्फिक्रीरूपमा काम गरिरहेको उनले बताए। ‘वारिपट्टि जसले जति कराए पनि पारिपट्टि भारतीय पक्षले धमाधम काम गरिरहेको छ,’ उनले भने। अहिले महाकाली नदीमा पानीको सहत घटेको मौका छोप्दै नेपालतर्फ पानीको धार फर्काएर भारतीय पक्षले पारिपट्टि ठूलो तटबन्ध बनाउन थालेको भन्दै स्थानीयले पटकपटक विरोध गरिरहेको उनी बताउँछन्।

भारतले महाकाली नदीको धार नेपालतर्फ फर्काएर पारिपट्टि तटबन्ध बनाउन थालेपछि वारिपट्टि बनाइएको तटबन्धका ‘स्पर’ भत्कन थालेको पनि उनले बताए। ‘भारतले महाकालीको पानी सबै नेपालतर्फ फर्काएपछि हाम्रोतर्फ बनाइएको तटबन्धनको ‘स्पर’ भत्किन थालेको छ,’ उनले भने,‘यसरी अन्तर्राष्ट्रिय सन्धि सम्झौताविपरीत भारले काम गर्नु हुन्थेन, गरिरहेको छ।’ नेपालले यसअघि महाकाली नदी किनारको धेरै भाग छोडेर संरचना निर्माण गरेको पनि उनले बताए। ‘हामीले महाकाली नदीको धेरै भाग छोडेर नेपालतर्फकै भूमिमा तटबन्ध गरेका थियौं,’ उनले भने, ‘तर भारतले भने महाकाली नदी मिचेर तटबन्ध निर्माण गर्न थालेको हो।’

गत फागुन २६ गतेका दिन दार्चुलाका स्थानीय युवाहरूले संयुक्तरूपमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका थिए। उनीहरूले महाकाली नदीको धारसमेत परिवर्तन गरी नेपालतर्फको खलंगा बजारलाई क्षति पुग्ने गरी तटबन्ध निर्माण गर्न लागेको भन्दै सो कार्य बन्द गराउन जिल्ला प्रशासनसँग माग गरेका थिए।

भारतको पुरानो तटबन्धभन्दा ९ मिटर वरै नेपालतर्फ महाकाली नदीको धार परिवर्तन गरी तटबन्ध निर्माण गर्न थालेपछि भारतको पिथौडागढ जिला अधिकारी डा. आशिष चौहानलाई नेपालसँग समन्वयन गर्न भनेर पत्राचार गरिएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले बताए।

उनले भने,‘भारतले एकतर्फी रूपमा नेपालसँग समन्वय नै नगरी आफूखुसी तटबन्ध बनाउन थालेपछि हामीले पनि आधिकारिक रूपमा भारतको पिथौडागढका जिला अधिकारीलाई समन्वय गर्न पत्राचार गरेका छौं, हामीले गरेको पत्राचारको अहिलेसम्म जवाफ आएको छैन।’

भारतले नेपालसँग समन्वय गरेर निर्माण गर्नु पर्ने भए पनि आफूखुसी पुरानो तटबन्धभन्दा ९ मिटर वरै नयाँ तटबन्ध निर्माण गर्दा त्यसले नेपाली पक्षलाई बर्खायाममा समस्या निम्तने उनले बताए। ‘महाकाली नदीको बहावमा परिवर्तन भई बहाव साँघुरिएसँगै त्यसले नेपालतर्फको जमिनमा क्षति पुग्ने निश्चित छ,’ उनले भने, ‘यसका लागि हामीले पनि भारतीय पक्षसँग समन्वयका लागि पत्राचार गरेका हौं, तर अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।   नागरिक

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap