भारतले धौलीगंगा बाँधको ढोका खोल्ने, महाकाली किनारमा सर्तक रहन आग्रह


लेखक : सुन्दराञ्चल      भदौ ९, २०७८ मा प्रकाशित     
भारतले धौलीगंगा बाँधको ढोका खोल्ने, महाकाली किनारमा सर्तक रहन आग्रह

धनगढी, ९ भाद्र । भारतले नेपालको दार्चुलासँग जोडिएको धौलीगंगा जलविद्युत परियोजनाको बाँधको ढोका खोल्ने भएपछि महाकाली नदी किनारका वासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । उत्तराखण्डमा रहेको उक्त जलविद्युत परियोजना सफाइका लागि बिहीबार बाँधको ढोका खोल्ने भनी भारतीय पक्षले जानकारी गराएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जारी गरेको सूचनामा बिहान ७ देखि बेलुका ७ बजेसम्म माटो, वालुवालगायतका वस्तु जम्मा भएकाले सफाइ प्रयोजनका लागि ढोका खोलिने जानकारी प्राप्त भएको उल्लेख छ । सो समयमा महाकाली नदीमा जलस्तर बढ्न सक्ने भएकाले जिल्लाको व्यास गाउँपालिका–५ धौलाकोटदेखि लेकम गाउँपालिकाको लालीसम्मका बासिन्दालाई पूर्व सतर्ककता अपनाउन प्रजिअ जोशीले अपिल गरेका छन् ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap