भारतमा फेरि बढ्न थाल्यो कोरोना संक्रमितको संख्या


लेखक : सुन्दराञ्चल      भदौ २४, २०७८ मा प्रकाशित     
भारतमा फेरि बढ्न थाल्यो कोरोना संक्रमितको संख्या

भदौ २४, नयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्यामा फेरि वृद्धि भएको पाइएको छ । भारतमा केही हप्तादेखि दैनिक संक्रमितको संख्यामा वृद्धि हुँदै आएपनि पछिल्ला केही दिनमा घटबढ हुने गरेको देखिएको छ ।सरकारी अधिकारीले बिहीवार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप ४३ हजार २६३ जना नयाँ संक्रमित भएका छन् ।

जवकी अघिल्लो दिन दैनिक संक्रमितको संख्या कम भएको थियो । पछिल्लो एक दिनमा भारतमा कोरोनाभाइरसका कारण थप ३३८ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । एक दिनमा कुल मृत्यु भएकामध्ये १८१ जना केरला राज्यकै रहेको अधिकारीले बताएका छन् । त्यसैगरी केरलामा मात्रै एक दिनमा ३० हजार १९६ जना संक्रमित भएका छन् ।
भारतमा सक्रिय संक्रमितको अवस्थामा भने कमी आएको देखिएको छ । केही दिन आगाडि ४ लाखभन्दा बढी रहेको सक्रिय संक्रमितको संख्या अहिले घटेको छ ।  मन्त्रालयका अनुसार बिहीवार भारतमा ३ लाख ९३ हजार ६१४ जना कोरोनाभाइरसबाट संक्रमित अवस्थामै रहेको तथ्याङ्क छ ।
सोही अवधिमा भारतमा ४० हजार ५६७ जना कोरोनभाइरसबाट संक्रमणमुक्त भएका छन् । एउटै समयमा संक्रमणमुक्त भएकाको संख्याभन्दा नयाँ थपिएका संक्रमितको संख्या धेरै रहेको छ । भारतमा अहिलेसम्म संक्रमणमुक्त भएकाको कुल संख्या ३  करोड २३ लाख चार हजार ६१८ रहेको मन्त्रालयले बताएको छ ।  रासस/ एएनआई

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap