भारतमा काेराेना : थप २७ हजार २५४ संक्रमित, २१९ मृत्यु


लेखक : सुन्दराञ्चल      भदौ २८, २०७८ मा प्रकाशित     
भारतमा काेराेना : थप २७ हजार २५४ संक्रमित, २१९ मृत्यु

भारतमा पछिल्लो २४ घन्टामा थप २७ हजार २५४  जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै भारतमा कोरोना संक्रमित हुनेको संख्या ३ करोड ३२ लाख ६४ हजार १७५ पुगेको छ ।

यसै गरी पछिल्लो २४ घन्टामा थप २१९ संक्रमितले ज्यान गुमाएका छन् । यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४  लाख ४२ हजार ८७४ पुगेको छ ।

यही अवधिमा ३७ हजार ६८७  जना संक्रमणमुक्त भएका छन् ।

भारत संक्रमितका हिसाबले विश्वको दोस्रो र मृत्युका हिसाबले तेस्रो स्थानमा रहेको छ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ७४ करोड ३८ लाख ३७ हजार ६४३ डोज भ्याक्सिन लगाइसकिएको छ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap