भारतमा पछिल्लो २४ घन्टामा थप २७ हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै भारतमा कोरोना संक्रमित हुनेको संख्या ३ करोड ३२ लाख ६४ हजार १७५ पुगेको छ ।
यसै गरी पछिल्लो २४ घन्टामा थप २१९ संक्रमितले ज्यान गुमाएका छन् । यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख ४२ हजार ८७४ पुगेको छ ।
यही अवधिमा ३७ हजार ६८७ जना संक्रमणमुक्त भएका छन् ।
भारत संक्रमितका हिसाबले विश्वको दोस्रो र मृत्युका हिसाबले तेस्रो स्थानमा रहेको छ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ७४ करोड ३८ लाख ३७ हजार ६४३ डोज भ्याक्सिन लगाइसकिएको छ।