भारतमा औडीको शक्तिशाली विद्युतीय गाडी सार्वजनिक, यस्तो छ विशेषता र मूल्य


लेखक : सुन्दराञ्चल      अशोज ७, २०७८ मा प्रकाशित     
भारतमा औडीको शक्तिशाली विद्युतीय गाडी सार्वजनिक, यस्तो छ विशेषता र मूल्य

औडीले भारतमा नयाँ विद्युतीय गाडी सार्वजनिक गरेको छ। भारतीय बजारमा इ–ट्रोन जिटी र आरएस जिटी सार्वजनिक भएको हो। यी गाडी पूर्ण रुपमा विद्युतीय भएको र  इ–ट्रोन जिटी सबैभन्दा शक्तिशाली विद्युतीय कार भएको भारतीय अखबार अटो हिन्दुस्तानले जनाएको छ।

यसअघि कम्पनीले इ–ट्रोन एसयुभी र इ–ट्रोन स्पोर्टब्याक सार्वजनिक गरेको थियो। बुधबार सार्वजनिक विद्युतीय इ–ट्रोन जिटी निकै आरामदायी गाडी हो जुन लक्जरी कारमध्ये पर्छ। यसले बजारमा उपलब्ध मर्सिडिज बेन्चको इक्युसी एसयुभी र ज्याग्वार आई–पेससँग प्रतिस्पर्धा गर्नेछ।

इ–ट्रोन जिटी मुख्यतया पोर्से टाइकानमा आधारित छ। पोर्से टाइकान सन् २०२० मै भारतीय बजारमा प्रवेश गर्ने योजना थियो। तर महामारी कारण अझै सार्वजनिक हुन सकेको छैन। यो गाडी सार्वजनिक हुन ढिलो भएकै कारण हाल सार्वजनिक विद्युतीय इ–ट्रोज जिटी भारतमा बिक्री हुने पहिलो विद्युतीय चार–ढोका भएको कूप हुनेछ।

नयाँ इ–ट्रोन जिटी ९३ किलोवाट प्रति घण्टाको लिथियम आयन ब्याट्री प्याकबाट चल्नेछ।

यसको इ–ट्रोन जिटी क्वाट्रो बुस्ट मोडमा हुँदा गाडीले अधिकतम ५३० एचपी पावर जेनेरेट गर्छ। र, गाडी शून्यदेखि सय किलोमिटर प्रति घण्टाको रफ्तारमा चलाउन जम्मा ४‍‍‍.१ सेकेन्ड लाग्छ। कम्पनीले दाबी गरेअनुसार गाडी एक पटकको पूरा चार्जमा ३८८ किलोमिटरदेखि ५ सय किलोमिटरसम्मको माइलेज दिन्छ। गाडीमा २० इन्चको अलोय ह्विल हुनेछ।

त्यस्तै यता औडीको स्पोर्टी आरएस इ–ट्रोन जिटी बुस्ट मोडमा हुँदा अधिकतम ६४६ एचपी पावर र ८३० एनएमको टर्क जेनेरेट गर्छ। गाडीलाई शून्यदेखि एक सय किलोमिटर प्रति घण्टाको रफ्तारमा चलाउन जम्मा ३.३ सेकेन्ड लाग्छ। यो संस्करणको गाडीले एक पटकको पुरा चार्जमा ४०१ देखि ४८१ किलोमिटरसम्मको माइलेज दिने कम्पनीले दाबी गरेको छ। आरएस इ–ट्रोन जिटीमा २१ इन्चको अलोय ह्विल छ।

कम्पनीले औडीको इ–ट्रोन जिटी क्वाट्रोको सुरुवाती बजार मूल्य भारु १ करोड ८० लाख र आरएस इ–ट्रोन जिटीको मूल्य भारु २ करोड ५ लाख तोकेको छ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap