भारतबाट १ करोड रुपैयाँको गुलाब आयात‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवसको लागि


लेखक : सुन्दराञ्चल      फाल्गुन २, २०७८ मा प्रकाशित     
भारतबाट १ करोड रुपैयाँको गुलाब आयात‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवसको लागि

काठमाडौं माघ २  यो वर्षको ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवसको लागि पनि लाखौं रुपैयाँको गुलाब आयात भएको छ।  नेपाल फ्लोरिकल्चर एसोसिएशनअनुसार आज मनाइन लागिएको प्रणय दिवसका लागि भारतबाट १ करोड रुपैयाँको गुलाब आयात भएको हो ।

यसपालि ९० प्रतिशत गुलाब भारतबाट आयात गरिएको एसोसिएशनका अध्यक्ष मिनबहादुर तामाङले जानकारी दिए । उनअनुसार कोरोना महामारीका कारण यसपालि पुष्प व्यवसायमा असर परेकाले आयात बढेको हो ।

कोरोना महामारीअघि मागको २५ प्रतिशत रातो गुलाफ नेपालको उत्पादनले धान्दै आएको थियो ।

 

 

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap