भारतबाट आउने संक्रमितलाइ निशुल्क खान बस्न व्यवस्था गदै उपमहाँनगर


लेखक : सुन्दराञ्चल      पुस ३०, २०७८ मा प्रकाशित     
भारतबाट आउने  संक्रमितलाइ  निशुल्क खान बस्न व्यवस्था गदै उपमहाँनगर

महादेब गिरी

सुन्दराञ्चल संम्बाददाता

भारतमा कोरोना संक्रमण बढेपछी भारतको बिभिन ठाँउबाट आउने नेपालीहरुको सख्या बढेको छ । भारतको माहाराष्ट्र,दिल्ली, मुम्बै लगाएतका ठाँउबाट दैनीक आउने गरेको गैरीफन्टा नाकाका हेल्थ डेक्स इन्र्चाज गणेश साउँद ले बताए । गौरिफन्टा नाकामा बिहान छ बजे देखी साँझ छ बजे सम्म करिब ७ सय देखी ९सय सम्म नेपालीहरु आउने गरेको इन्र्चाज साउद ले बतए । भारतबाट आउने सुदूरश्चिमकोअछाम,कैलाली,डोटी,कञ्चनपुर,बाजुरा,बझाङ,बैतडी,जिल्लाका मानिहरु रहेको हेल्थ डेक्स ईन्चारज गणेश साउँद ले सुन्दराञ्चललाइ बताए । सबै भन्दा कैलाली जिल्लाका मानिसहरु आउने गरेको जनसंख्याका हिसाबले पनि बढी भएकोले कैलाली का धेरै रहेको साउदले बताए । यो नाकाबाट कालीकोट, पोखरा,जुम्ला आदी जिल्लाका मानिहरु पनि आउने गरको नेपाल रेडक्रस सीमा नाका कैलालीमा कार्यरत सुशिला चौधरीले बताईन् । यस नाकाबाट आउने सबै मानिहरुलाइ चेक जाँच गर्ने र कसैलाई पोजेटीव देखीयमा गाडीमा निशुल्क धनगढी उपमहानगरपालिकाले पठाउने र त्यहाँ संगै खाना बस्नको सुबिधा धनगढी उपमहानरपालीका वडा न १५ कनरी मा पठाउने गरेको रसबै व्यवस्था नगरपालिकालेनै गरेको इन्चार्ज साउदले बताए । भारतको पञ्जाबबाट आएका शुसिल चन्दले भारतबाट आँउदा बाटोमा निकै समस्या पाएको भएपनि अहिले आप्नै ठाँउमा आइपुग्दा कुनैपनि समस्या नपाएको बताए । हरेक नपाली दाजु भाई दुखको मार मात्र पाउने गरेका छन् हामीले अब आप्नो ठाँउमा घर आएर केहि गरेर खानुपर्छ । परिवारलाई कसरी पाल्ने भन्ने चिन्ता लागेको पुनरबास घर भइ पञ्जाबबाट आएका जनकसिहं  धामी ले बताए ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap