भारतबाट आउने संक्रमितलाइ निशुल्क खान बस्न व्यवस्था गदै उपमहाँनगर


लेखक : सुन्दराञ्चल      पुस ३०, २०७८ मा प्रकाशित     
भारतबाट आउने  संक्रमितलाइ  निशुल्क खान बस्न व्यवस्था गदै उपमहाँनगर

महादेब गिरी

सुन्दराञ्चल संम्बाददाता

भारतमा कोरोना संक्रमण बढेपछी भारतको बिभिन ठाँउबाट आउने नेपालीहरुको सख्या बढेको छ । भारतको माहाराष्ट्र,दिल्ली, मुम्बै लगाएतका ठाँउबाट दैनीक आउने गरेको गैरीफन्टा नाकाका हेल्थ डेक्स इन्र्चाज गणेश साउँद ले बताए । गौरिफन्टा नाकामा बिहान छ बजे देखी साँझ छ बजे सम्म करिब ७ सय देखी ९सय सम्म नेपालीहरु आउने गरेको इन्र्चाज साउद ले बतए । भारतबाट आउने सुदूरश्चिमकोअछाम,कैलाली,डोटी,कञ्चनपुर,बाजुरा,बझाङ,बैतडी,जिल्लाका मानिहरु रहेको हेल्थ डेक्स ईन्चारज गणेश साउँद ले सुन्दराञ्चललाइ बताए । सबै भन्दा कैलाली जिल्लाका मानिसहरु आउने गरेको जनसंख्याका हिसाबले पनि बढी भएकोले कैलाली का धेरै रहेको साउदले बताए । यो नाकाबाट कालीकोट, पोखरा,जुम्ला आदी जिल्लाका मानिहरु पनि आउने गरको नेपाल रेडक्रस सीमा नाका कैलालीमा कार्यरत सुशिला चौधरीले बताईन् । यस नाकाबाट आउने सबै मानिहरुलाइ चेक जाँच गर्ने र कसैलाई पोजेटीव देखीयमा गाडीमा निशुल्क धनगढी उपमहानगरपालिकाले पठाउने र त्यहाँ संगै खाना बस्नको सुबिधा धनगढी उपमहानरपालीका वडा न १५ कनरी मा पठाउने गरेको रसबै व्यवस्था नगरपालिकालेनै गरेको इन्चार्ज साउदले बताए । भारतको पञ्जाबबाट आएका शुसिल चन्दले भारतबाट आँउदा बाटोमा निकै समस्या पाएको भएपनि अहिले आप्नै ठाँउमा आइपुग्दा कुनैपनि समस्या नपाएको बताए । हरेक नपाली दाजु भाई दुखको मार मात्र पाउने गरेका छन् हामीले अब आप्नो ठाँउमा घर आएर केहि गरेर खानुपर्छ । परिवारलाई कसरी पाल्ने भन्ने चिन्ता लागेको पुनरबास घर भइ पञ्जाबबाट आएका जनकसिहं  धामी ले बताए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap