भारतको केरला राज्यमा सरसफाइको काम गर्ने ,महिलाहरुले १० करोड रुपैयाँ जिते


लेखक : सुन्दराञ्चल      साउन १६, २०८० मा प्रकाशित     
भारतको केरला राज्यमा सरसफाइको काम गर्ने ,महिलाहरुले १० करोड रुपैयाँ जिते

 साउन १६ ,  ११ जुनमा सरसफाइसम्बन्धी काम गर्ने महिलाको समूहले चिठ्ठा खरिद गरेका थिए । गत साता उनीहरुको भाग्य खुल्यो । उनीहरु करोडपति बने । सात जना महिला मिलेर चिट्ठा खरिद गरेका थिए । भारतको केरला राज्यका ती महिलाहरुले १० करोड रुपैयाँ जितेका हुन् ।

चिठ्ठा जित्ने महिलाहरू हरेक घरबाट कुहिने फोहोर संकलन गर्ने काम गर्छन् । काम गरेबापत उनीहरुले प्रत्येक दिन २५० भारतीय रुपैयाँ कमाउँछन् । त्यो आर्जनले दैनिकी धान्नै धौधौ बनेको अवस्थामा त्यसकै आर्जनबाट खरिद गरेको चिठ्ठाले करोडपति बनेपछि उनीहरुले त्यस काम आफूहरूको लागि निकै भाग्यमानी साबित भएकाले कामलाई अझै निरन्तरता दिने बताएका छन् ।

न्युन आर्जनका कारण एकल रुपमा चिठ्ठाको टिकट खरिद गर्न नसक्ने भएपछि महिलाहरुले समूहमा मिलेर लगानी गर्थे । भारतको अन्य राज्यमा चिठ्ठा अवैध भए पनि केरलामा भने सरकारलेनै चिठ्ठा सञ्चालन गर्छ । निजी क्षेत्रलाई यो काम गर्न प्रतिबन्ध छ ।

सरकारी चिठ्ठामा ती महिलाहरुलाई यसअघि एक हजार रुपैयाँ परेको थियो । त्यो रकम उनीहरुले आपसमा बाँडेका थिए ।

यो रकम पनि आपसमा उनीहरुले बाँडफाँट गर्ने बताएका छन् । टिकट खरिदका लागि ९ जनाले प्रतिव्यक्ति २५ रुपैयाँ लगानी गरेका थिए । चिठ्ठा परेको विषय आफूहरुले धेरैबेरसम्म पत्याउनै नसकेको ७२ वर्षीया कुट्टीमलुले बताइन् ।

जतिसुकै रकम जिते पनि बराबर बाँड्ने हाम्रो सहमति थियो । तर हामीले यो परिमाणको चिठ्ठा पर्ने अपेक्षै गरेका थिएनौं,’ उनले भनिन् ।

चिठ्ठा खरिद गरेको चौथो पटकमा आफूहरु करोडपति बनेको उनले सुनाइन् । ६२ वर्षीया बेबी आफू निकै अभागी भएको बताउँथिन् । आफ्नो भाग्यनै नभएको ठान्ने उनी यसपटक करोडपति बनिन् । यो खुशी साट्दै उनी भन्छिन्, ‘यो संसारकै अभागी व्यक्ति मै हुँ भन्ने लाग्थ्यो । घर बाढीले बगायो । ऋण धेरै नै लाग्यो । अहिले मेरो भाग्य खुलेझैं भयो । यो रकमले अब म घर जोड्छु ऋण तिर्छु,’ उनले भनिन् ।

५० वर्षीय के बिन्दुले मिर्गौला फेलका कारण आफ्नो पति गुमाएकी थिइन् । घर बनाउँदा बनाउँदै उनका पतिले संसार छोडेका थिए । उनका पतिले पनि डायलासिस गर्न राखेको रकमबाट चिठ्ठा किन्थे । पतिले संसार छोडेपछि बिन्दुले चिठ्ठा जितिन् ।

पतिले अपुरो छोडेको घरलाई पूरा गर्ने उनले योजना बनाइएकी छिन् । ‘मेरा पतिले घर बनाउँदा बनाउँदै संसार छोडे । उनी डायलासिस गर्न राखेको पैसाबाट चिठ्ठा किन्थे । यसपटक चिठ्ठा पर्‍यो अब म घर निर्माण पुरा गरेर छोरीको शिक्षामा लगानी गर्छु,’ उनले आफ्नो योजना सुनाइन् ।

४९ वर्षीय लक्ष्मीले गरिबीका कारण आफूहरु भविष्यप्रति निकैनै चिन्ता गर्दै बसेको सुनाइन् । भारी वर्षाका कारण काम नहुँदा मजदुर गर्ने उनको पतिको आम्दानी यसपटक भएन । यो रकमले आफूहरुलाई निकै राहत दिएको उनले बताइन् ।

अब यसलाई छोरीको शिक्षा र उनको अपरेशनका खर्च गर्ने उनको भनाइ छ । ‘अब मैले मेरो छोरीको उपचारका लागि कुनै चिन्ता गर्नुपरेन । हाम्रो भविष्य पनि राम्रै रुपमा अघि बढ्ने भयो,’ उनले भनिन् ।

कर कट्टी गरेर महिलाहरुले ६ करोड ३० लाख रूपैयाँ पाउनेछन् । उनीहरुले आपसमा त्यसलाइ बाँड्नेछन् । चिठ्ठा परेसँगै रकमको दाबीका लागि ११ महिला सरकारी कार्यालयमा पुगेका थिए । सधैंझैं उनीहरु कामदारकै पोशाकमा थिए ।

चिठ्ठाले करोडपति बनेपनि आफूहरुले काम नछोड्ने ती महिलाहरुले बताए । ‘हाम्रो सामूहिक समृद्धिको सारथी यही काम हो । हामी यो कामलाई निरन्तरता राख्नेछौं,’ लीलाले भनिन् ।

केरलालाई सफा सहर बनाउनका लागि आफूहरूले योगदान गरिरहने उनीहरुको भनाइ छ ।  अनलाइनखबर

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap