भारतका वनपाखामा नेपाली महिला र बालबालिका खर काट्ने काममा व्यस्त


लेखक : सुन्दराञ्चल      कार्तिक १२, २०८१ मा प्रकाशित     
भारतका वनपाखामा नेपाली महिला र बालबालिका खर काट्ने काममा व्यस्त

बैतडी  कार्तिक १२ : भारतका वनपाखामा नेपाली महिला र बालबालिका खर काट्ने काममा व्यस्त हुन थालेका छन् । भारतीय किसानले दैनिक ज्यालादारीमा खर कटाउने भएकाले मौसमी रोजगारीका लागि झुलाघाटबाट कात्तिक पहिलो साता एक हजार नेपाली पिथौरागढ पुगेका छन् । झुलाघाट सीमा प्रहरी चौकीको तथ्याङ्क अनुसार कात्तिक १ देखि ९ गतेसम्म एक हजार ४४ जना नेपाली भारत गएको तथ्याङ्क छ । यीमध्ये ४०१ जना महिला रहेका छन् । कामको खोजीमा १८ देखि २० वर्ष उमेर समूहका युवा सीम पारि गएको झुलाघाट सीमा प्रहरी चौकीका इन्चार्ज गङ्गाराम टमटाले बताए ।

दसैंतिहारका बेला विद्यालय बिदा भएकाले खर काट्न जानेमा अधिकांश विद्यार्थी सहभागी छन् । नाकाबाट बाहिरिनेमा युवाको उमेर खुल्ने कागजपत्र हेरेर मात्रै सीमापारि जान दिएको चौकी इन्चार्ज टमटाले बताए । भारतमा खर काट्ने सिजन भएकाले गाउँबाट २० जना विद्यार्थी भारतको पिथौरागढ हिँडेको सिगास गाउँपालिका–१ को पञ्चोदय माविका व्यवस्थापन समिति अध्यक्ष भानसिंह धामीले बताए । उनले कापीकलमको जोहो गर्न बिदाको बेला हरेक वर्ष गाउँबाट २०र२५ जना विद्यार्थी भारत जाने गरेको बताए । भारतमा दैनिक पाँच सयदेखि आठ सय भारतीय रुपियाँ ज्याला पाउने गरेको खर काट्न भारत जाँदै गरेका नेपाली विद्यार्थी गम्भीर धामीले बताए । एक महिना काम गर्दा २० देखि ३० हजार नेपाली रुपियाँ बचत हुने उनले बताए ।

अधिकांश बालबालिकाका आमाबुवा पनि साथमै हुने भएकाले ठुलो परिवार सङ्ख्या हुनेले महिनामा ५० हजार आम्दानी गर्दै आएका छन् । स्वदेशमा दैनिक ज्याला मजदुरीको काम नपाएपछि सुदूरपश्चिमका अधिकांश जिल्लाका नेपाली मौसमी रोजगारी खोज्न भारतको पिथौरागढ पुग्ने गरेका छन् । हिउँदे खेतीका रूपमा गहुँ छरेर गाउँका पुरुष ठुलो सङ्ख्यामा भारत जाने तयारी गरिरहेको पुर्चौडी नगरपालिका–५, कुवाकोटका किरण पार्कीले बताए । जिल्लाको पुर्चौडी नगरपालिका, सिगास गाउँपालिका, सुर्नया गाउँपालिका, दशरथ चन्द नगरपालिका, दोगडाकेदार गाउँपालिका, मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र पाटन नगरपालिकाबाट भारत जानेको सङ्ख्या अधिक रहेको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap