भारतका उद्योगपति रतन टाटाको निधन


लेखक : सुन्दराञ्चल      अशोज २४, २०८१ मा प्रकाशित     
भारतका उद्योगपति रतन टाटाको निधन

आश्विन २४, प्रसिद्ध भारतीय उद्योगपति रतन टाटाको ८६ वर्षको उमेरमा निधन भएको छ । मुम्बइको ब्रीच क्याण्डी अस्पतालमा उपचाररत टाटाको बुधबार राति निधन भएको टाटा सन्सका अध्यक्ष एन. चन्द्रशेखरनद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । उहाँको निधनले टाटा ग्रुपलाई अपूरणीय क्षति पुगेको विज्ञप्तिमा उल्लेख छ ।

टाटाको निधनमा भारतका राष्ट्रपति, प्रधानमन्त्री, विपक्षी दलका नेताहरूसहित भारतका दिग्गज व्यक्तित्वहरूले दुख व्यक्त गरेका छन् ।

भारतीय उद्योग जगत्‌लाई विश्व मञ्चमा स्थापित गराएका टाटालाई भारत सरकारले पद्मविभूषणबाट सम्मानित गरेको थियो ।

 

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap