भन्सार राजश्व संकलनमा बृद्धि


लेखक : सुन्दराञ्चल      साउन ११, २०७८ मा प्रकाशित     
भन्सार राजश्व संकलनमा बृद्धि

धनगढी–११, गते साउन कैलाली भन्सार कार्यालयले कोरोना महामारीबीच पनि भन्सार राजश्व संकलन बृद्धि गरेको छ ।

गत आर्थिक वर्ष २०७७र७८ मा कैलाली भन्सार कार्यालयले लक्ष्यभन्दा आठ प्रतिशत अर्थात् ६२ करोड ४० लाख ५७ हजार रुपैयाँ बढी राजश्व संकलन भएको जनाएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७६र०७७ मा कोरोना महामारीका कारण लक्ष्यभन्दा २७ प्रतिशत कम राजश्व संकलन भएको थियो । कैलाली भन्सार कार्यालयको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७७÷७८ मा आठ अर्ब २१ करोड ७३ लाख ७१ हजार रुपैयाँ राजश्व संकलन लक्ष्य निर्धारण गरिएकोमा आठ अर्ब ८४ करोड १४ लाख २८ हजार रुपैयाँ संकलन भएको छ ।

गत आर्थिक वर्षमा कैलाली भन्सार कार्यालयले भन्सार महसुल चार अर्ब ८० करोड १५ लाख ५४ हजार रुपैयाँ संकलनको लक्ष्य निर्धारण गरेकोमा पाँच अर्ब ४८ करोड ७६ लाख १४ हजार रुपैयाँ संकलन भएको छ ।

त्यस्तै, मुल्य अभिबृद्धि कर ९भ्याट० तीन अर्ब सात करोड १९ लाख ५८ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य रहेकोमा तीन अर्ब १२ करोड चार लाख ७३ हजार रुपैयाँ र अन्तःशुल्क ३४ करोड ३८ लाख ५९ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य रहेकोमा २३ करोड ३३ लाख ४१ हजार रुपैयाँ असुल भएको छ ।

गत आर्थिक वर्ष कैलाली भन्सार कार्यालयमा अन्तःशुल्क भने लक्ष्यभन्दा १० करोड रुपैयाँ कम असुल भएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७६र७७ मा भन्सार कार्यालयले लक्ष्यभन्दा एक अर्ब ७८ करोड २१ लाख ६१ हजार रुपैयाँ कम संकलन गरेको थियो । सो आर्थिक वर्षमा छ अर्ब ७० करोड ३१ लाख ६६ हजार रुपैयाँ राजश्व संकलनको लक्ष्य निर्धारण गरेकोमा चार अर्ब ९२ करोड १० लाख पाँच हजार रुपैयाँ मात्रै संकलन भएको थियो ।

सो वर्ष कोरोना महामारीको पहिलो लहर फैलिएको र कडा लकडाउन गरिएकाले आयात पनि घटेको हुँदा राजश्व संकलन प्रभावित भएको कैलाली जिल्ला भन्सार कार्यालयले जनाएको छ । यस वर्ष बैशाख महिनादेखि कोरोना महामारीको दोस्रो लहर चलेपछि लकडाउन भरिएको भए पनि आयात निर्यात नरोकिएकोले राजश्व संकलनमा बृद्धि भएको कार्यालयले जनाएको छ ।

त्यस्तै, आर्थिक वर्ष २०७५र७६ मा पनि भन्सार कार्यालय कैलालीले राजश्व असुल गर्ने लक्ष्य पुरा गर्न सकेको थिएन । तथ्यांक अनुसार सो आर्थिक वर्षमा पाँच अर्ब २२ करोड १३ लाख ४६ हजार रुपैयाँ लक्ष्य निर्धारण गरिएकोमा पाँच अर्ब १९ करोड ७५ लाख १९ हजार रुपैयाँ मात्रै संकलन भएको थियो ।

यसैगरी, आर्थिक वर्ष २०७४र७५ मा पनि लक्ष्य भन्दा आठ प्रतिशत बढि राजश्व संकलन गरेको थियो । तीन अर्ब ८७ करोड ९९ लाख ५१ हजार संकलन गर्ने लक्ष्य निर्धारण भएकोमा चार अर्ब २१ करोड १२ लाख ३४ हजार रुपैयाँ राजश्व संकलन गरेको थियो । विगत चार वर्षको तथ्यांक हेर्दा जिल्ला भन्सार कार्यालय कैलालीले चार वर्षमा राजश्व संकलनको लयमा फर्किएको देखिएको छ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap