भदौ १८ बाट कांग्रेस महाधिवेशन प्रक्रिया शुरू हुँदै, भोट माग्न जाँदा मास्क अनिवार्य


लेखक : सुन्दराञ्चल      भदौ १६, २०७८ मा प्रकाशित     
भदौ १८ बाट कांग्रेस महाधिवेशन प्रक्रिया शुरू हुँदै, भोट माग्न जाँदा मास्क अनिवार्य

सत्तारुढ दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको १४औं महाधिवेशनको प्रक्रिया भदौ १८ गतेबाट शुरू हुने बताएका छन् ।

देशभर एकसाथ वडाहरूको अधिवेशन प्रारम्भ हुने दिनबाट पार्टीको महाधिवेशनको शृंखला प्रारम्भ हुने बताएका हुन् ।

उनले कांग्रेसका क्रियाशील सदस्य, अन्य सदस्य र पार्टीमा आबद्ध पदाधिकारीहरूले महाधिवेशनमा भेटघाट गर्दा र कार्यक्रम गर्दा सबैलाई मास्क लगाउन पनि अपिल गरेका छन् ।

महाधिवेशन गर्नुपर्ने बाध्यता र कोरोनाबाट पनि जोगिनु पर्ने कारणले आफू जोगिन र समाजलाई पनि जोगाउनु पर्ने कर्तव्य नेपाली कांग्रेसको भएकोले मत माग्न जाँदा अनिवार्य मास्क लगाउन उनले अनुरोध गरे ।

१८ गतेबाट महाधिवेशन शुरू गर्ने भनिए पनि ५६ वटा जिल्लाका मात्रै क्रियाशील सदस्यहरूको सूची सार्वजनिक भएको र कोरोनाको जटिलता रहेकोले महाधिवेशनका लागि अझै २ वटा जटिलता रहेको उनको भनाइ छ ।

‘एउटा ५३ जिल्लामा मात्रै क्रियाशील सदस्यताको सूची सार्वजनिक भएको छ, हिजो मात्रै थप ३ जिल्लाको सूची सार्वजनिक गर्ने सहमति पछि ५६ पुगेको अवस्था छ, अर्को कोरोना महामारीको जोखिम छ,’ उनले भने ।

कोरोना, अन्य केही जटिलता तथा क्रियाशील सदस्यताको विवरण नटुंगिएको खण्डमा त्यो जिल्लाका केन्द्रीय निर्वाचन प्रतिनिधिहरूले केन्द्रीय निर्वाचन समितिसँग समन्वय गरेर अनुकूलता बमोजिम सार्न सक्ने बताए । यी समस्या बाहेकका जिल्लाहरूमा भने भदौ १८ गते नै महाधिवेशनको प्रक्रिया शुरू गर्ने तयारी गरेको प्रवक्ता शर्माले जानकारी दिए ।

‘कुनै भूगोलमा कारणवश १८ गते शुरू हुँदै गर्दा कोरोनाको जटिलता वा अन्य केही जटिलता र क्रियाशील सदस्यता नटुंगिएको खण्डमा तत् जिल्लाका केन्द्रीय निर्वाचन प्रतिनिधिहरूले केन्द्रीय निर्वाचन समितिसँग सम्पर्क, समन्वय गरेर अनि अनुमति लिएर ती जिल्लाको अधिवेशनलाई १८ बाट १९, २०, २१ आफ्नो अनुकूलताअनुसार गर्न सक्नुहुनेछ,’ उनले भने ।

महाधिवेशन संयमता र हार्दिकताका साथ गर्नुपर्ने बताउँदै प्रवक्ता शर्माले कोरोनाको जोखिम भएकोले अधिवेशनमा उत्साहपूर्वक सहभागी बन्न तर भीडभाड र भेटघाट कार्यक्रममा मास्कको अनिवार्य प्रयोग गर्न सुझाव दिए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap