भजनी नगरपालिकामा चरम लापरबाही : बाढ्ने औषधी थन्काएर फालिँदै !


लेखक : सुन्दराञ्चल      अशोज १२, २०७८ मा प्रकाशित     
भजनी नगरपालिकामा चरम लापरबाही : बाढ्ने औषधी थन्काएर फालिँदै !
धनगढी,१२ असाेज ।गत वर्ष कोरोना सङ्क्रमण उत्कर्षमा पुगेका बेला सबै जसो अस्पतालले अक्सिजन को अभाव त झेले नै , तर त्यति बेला अत्यावश्यक औषधिको पनि अभाव हुन थालिसकेको थियो । प्रदेशकै रेफरल अस्पताल रहेको अस्थायी राजधानी धनगढीमा समेत झन्डै अत्यावश्यक औषधिको आपूर्ति कम भएका समाचार बाहिरिएका थिए । तर यता भजनी नगरपालिका ले भने त्यति बेलाकै मौज्दात रहेको औषधि नष्ट गर्न थालेको छ ।नगरपालिकाले स्टोर गरेर राखेको लाखौँको औषधि कुनै मिति नाघेको छ भने कुनै ओसिलो ठाउँमा राखिएकाले ओसका कारण बिग्रिएको पाइएको हो ।
मिति नाघेका तथा बिग्रिएका इसेन्सियल ड्रग लिस्ट भित्र पर्ने औषधि जीवनजल लगायत जिङ्क चक्की ,सिरिन्ज तथा कालामाइन्डोसन लगायत लाखौँ मूल्य बराबरका औषधी जलाउन थालिएको हो । तत्कालीन नगरपालिकाका स्वास्थ्य शाखा संयोजक को लापरबाहीकै कारण उक्त औषधि नष्ट गर्नु परेको स्वास्थ्य शाखा संयोजक कैलाश चौधरिले बताए । आफू लाई केही महिना अघि मात्रै स्वास्थ्य शाखाको संयोजकको जिम्मेवारी दिएकोले यस अघिका स्वास्थ्य शाखा प्रमुखले आफलाइ औषधि स्टोर गरी राखिएको बारे कुनै जानकारी नै नदिएको बताए ।
सामान सहित औषधी को विवरण बुझाउनु त परको कुरा हो , तत्कालीन स्वास्थ्य शाखा संयोजक कृती विष्ट जिम्मेवारी खोसिएपछि कार्यालयमै उपस्थित छैनन् उनले भने । अन्य दुई ठाउँमा स्टोर गरेर राखेको औषधि हेर्न बाँकी रहेकाले परिणाम अझै बढ्न सक्ने उनको अनुमान छ । यता तत्कालीन स्वास्थ्य शाखा प्रमुख कृति सिंह विक भने औषधि बिग्रिनुमा नगरपालिका पनि दोषी रहेको बताउँछन् । उनले त्यति बेला नगरपालिकाले स्टोर रुम र ¥याक उपलब्ध नगराएकै कारण बाध्य भएर ओसिलो ठाउँमा पनि स्टोर गर्नु परेको बताए ।
जिल्ला जनस्वास्थ्यले अनावश्यक औषधि पनि जानकारी विना नै फिल्ड तिर धकेल्ने गरेको पनि यस्तो समस्या आएको बताइएको छ ।
नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज विनाडीले एक्सपाएर हुनै लागेका औषधि फिल्डमा पठाइने गर्नु जिल्ला जनस्वास्थ्यको पनि कमजोरी रहेको बताए । यद्यपि उनले नरपालकामा पनि औषधि व्यवस्थापनमा केही कमजोरी नै भएको स्वीकार गरे । “ जिल्ला जनस्वास्थ्यले मिति नाघ्नै लागेका औषधि फिल्ड तिर धकेल्ने गरेको छ , केही कमजोरी नगरपालिकाको व्यवस्थापनमा पनि भयो आगामी दिनमा यस्ता कमजोरी सुधारिने छन्”उनले भने । पछिल्लो समय नगर पालिकाका हरेक वडाहरूमा स्वास्थ्य इकाईहरू छन् । त्यहाँका जनताले जीवन जल देखि , सिटामोल पैसा खर्चेर किन्नु पर्ने बाध्यता छ । तर यता नगरपालिकाले भने नागरिकको स्वास्थ्य माथि नै खेल्ने गरेर लाखौँको औषधि नष्ट गर्न थालेको छ ।
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap