ब्राजिलका वामपन्थी नेता लुला डि सिल्भाले राष्ट्रपति पदको शपथ ग्रहण


लेखक : सुन्दराञ्चल      पुस १८, २०७९ मा प्रकाशित     
ब्राजिलका वामपन्थी नेता लुला डि सिल्भाले राष्ट्रपति पदको शपथ ग्रहण

, काठमाडौं  १८ पुस,  । ब्राजिलका वामपन्थी नेता लुला डि सिल्भाले राष्ट्रपति पदको शपथ ग्रहण गरेका छन् । तेस्रो पटक ब्राजिलको राष्ट्रपति बनेका उनी दिग्गज वामपन्थी नेताको रुपमा चिनिन्छन् ।

यसअघि उनी सन् २००३ देखि २०१० को बीचमा पनि राष्ट्रपति बनेका थिए । लुला भ्रष्टाचारको आरोपमा जेलसमेत परेका थिए । सन् २०२१ मा उनको सजाय खारेज गरिएको थियो ।गत वर्षको अक्टुबर महिनाको निर्वाचनमा बहालवाला राष्ट्रपति जायर बोलसोनारोलाई हराएर लुला पुनः सत्तामा फर्किएका थिए । राष्ट्रपति लुलाले देशको पुनर्निर्माणमा ध्यान दिने भन्दै शपथ ग्रहण गरेको बीबीसीले जनाएको छ । सत्ता हस्तान्तरण समारोहमा भने बोल्सोनारो सहभागी भएनन् । उनी गत शुक्रबारै अमेरिका गएका थिए ।

लामो समयसम्म सत्ता बाहिर रहेका लुला शपथ ग्रहण समारोहमा भावुक देखिएका थिए । उनले देशको अवस्था खराब हुनुमा अघिल्लो सरकारको गलत नीति जिम्मेवार भएको बताए ।

उनको शपथ ग्रहण समारोहमा उल्लेख्य संख्यामा समर्थकहरुको सहभागिता थियो । समारोहलाई भव्य बनाउन ६० भन्दा धेरै कलाकारहरुले प्रस्तुती दिएका थिए । दुई ठूला मञ्चहरु विशेष रुपमा सजाइएको थियो ।

सुरक्षा व्यवस्था पनि कडा बनाइएको थियो । शपथ ग्रहण समारोहलाई बोल्सोनारो समर्थकहरुले विथोल्न सक्ने आशंका कारण प्रहरीले विशेष सुरक्षा प्रवन्ध मिलाएको बीबीसीले जनाएको छ । उनको स्वागत समारोहमा चक्कु र पटाकासहित घुस्न खोजेको भन्दै एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । साथै राजधानी ब्राजिलियाको विमानस्थल नजिक इन्धन बोकेको ट्यांकरमा विष्फोटक पदार्थ फेला परेको थियो ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap